स्क्वीड गेम्सको लोकप्रियतासँगै सन् २०२१ को तेस्रो त्रैमासमा नेटफिल्क्सका प्रयोगकर्ताहरू ह्वात्तै बढेका छन् । अमेरिकी कम्पनीले ३० सेप्टेम्बरसम्म मात्र तीन महिनामा ४४ लाख नयाँ प्रयोगकर्ता थपेको छ । यो पछिल्लो त्रैमासको भन्दा दोब्बरले बढी हो ।यस क्रममा कोरियन टिभी सिरियल स्क्वीड गेम्स सबैभन्दा लोकप्रिय रह्यो । पहिलो चार हप्तामा नै यसलाई १४ करोड २० लाख पटक हेरिएको थियो । कमेडियन डेभ सपेलको विवादबीच नेटफिल्क्सका केही स्टाफले जागिर छाड्ने चर्चाबीच यो खबर बाहिर आएको हो । डेभले पछिल्लो नेटफिल्क्स स्पेसल