काठमाण्डाै – कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यमा मात्रै खोप निर्यात गर्ने सक्ने जनाएको छ ।
कम्पनीले विज्ञप्ति निकालेर भारतका नागरिकलाई जोखिममा राखेर अरु देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने बताएको छ । कम्पनीले निकालेको विज्ञप्तिमा सन् २०२१ को अन्त्यतिर मात्रै खोप निर्यात गर्न सक्ने उल्लेख छ । अहिले भारत सरकारले पनि खोप निर्यातमा रोक लगाएको छ ।
नेपालले सेरमसँग २० लाख डोज खोप खरिद सम्झौता गरेकोमा १० लाख डोज मात्रै ल्याएको छ । बाँकी १० लाख डो...