जिल्लामा वर्षात्को समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन बढेपछि त्यसलाई रोक लगाइएको छ । जिल्ला अनुगमन समितिले जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर खोला/नदीबाट ढुंगा, गिटी र बालुवा उत्खननमा रोक लगाउने निर्णय गरेको हो । बर्सेनि जिल्लाका त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी, सलाखु, विभिन्न खोल्साहरुबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवा उत्खनन हुने गर्छ ।