धनगढी : कैलालीबाट आइतबार विहान लक्ष्मी भण्डारी बैतडी जानका लागि अत्तरिया बसपार्क पुगिन्।दसैँ मनाउनकै लागि तराईबाट पहाड घर गइरहेकी भण्डारी दुई नाबालकसहित गाडीको खोजीमा थिइन्। तर, दसैंको बेला भन्दै अधिकांश यातायात व्यवसायीले भने उनलाई दोब्बर भाडा लाग्ने बताइरहेका थिए।अत्तरियादेखि बैतडीको खोचलेक जान ८ सय भाडा दर कायम छ। तर, लक्ष्मीसँग भने यातायात व्यवसायीले २ हजार मागिरहेका थिए।उनले भनिन्, ‘दुई साना बच्चा साथमा छन्, त्यति धेरै पैसा पनि बोकेको छैन। पहिले त हामी ६ सयमा घरै पुग्थ्यौं।