सिंहदरबारमा १२ घण्टा भन्दा बढी भएको छलफलले एकता टुंगोमा पुर्याउन १०बुँदे सहमति गरेको हो । १०बुँदे सहमतिमा पार्टीको नवौं महाधिवेशन अनुसार निर्वाचित कमिटीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याइने उल्लेख छ । यस्तै एकतासँग मेल नखाने निर्णयहरू बदर गरिने मस्याैदामा उल्लेख छ ।