अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश–५ कार्यालय बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जमा उजुरी दिनेको संख्या बढेपनि फ्छयौट भने कम मात्रामा भएका छन् । चालू आर्थिक वर्षको ६ महिनामा कार्यालयमा ४ सय ५८ वटा उजुरी परेपनि एक सय ११ वटा उजुरी मात्रै फ्छयौट भएको कार्यालयले जनाएको छ । कार्यालयमा अझै ३ सय ४७ वटा उजुरी फछ्र्यौट हुन बाँकी रहेको छ ।