रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी परेको छ। मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा (माओवादी केन्द्र)का माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन् । मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपार्दशी , मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले छानबिनको लागि उजुरी दिएको अ