स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवासंघले अख्तियारमा उजुरी दिने

एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका संयोजक किरण पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो २ बजे दर्ता गर्ने उजुरीमा मन्त्री खतिवडाले खोप गायब बनाएर राज्यकोषको २ अर्ब ४० करोड रकम हिनामिना भएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्यमन्त्री खतिवडा र खोप प्रकरणमा संलग्न कर्मचारीलगायत व्यक्तिउपर छानबिन तथा कारबाहीको माग गर्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको हो...