नेकपा एकीकृत समाजवादीको भातृ संगठन अनेरास्ववियूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत पूर्ववर्ती सरकारका ४ मन्त्रीविरुद्ध अख्तियारमा उजुरी दिएको छ ।
अनेरास्ववियू बागमती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले ओली लगायत एमाले नेताहरूविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।
नेकपा एसनिकट अखिलका अध्यक्ष सुदेश पराजुलीसहित कार्यकर्ताले बिहीवार टंगालस्थित अख्तियार कार्यालयमा गएर उजुरी दर्ता गरेका हुन् ।
झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गरेर अर्बाैंको सार्वजनिक सम्पत्ति हडप्न प्रयास गरेको आरोप लगाइएको छ । उजुर...