बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । समितिले मंसिर ९ गते गरेको पुनर्बीमा सम्बन्धी ‘विवादास्पद’ निर्णयमा अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्नता रहेको भन्दै अख्तियारमा उजुरी परेको हो । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत मंसिर २२ गते सी ०१८५११ नम्बरमा दर्ता भएको उजुरीमाथि छानबिन अघि बढाइएको आयोग स्रोतले बताएको छ । दर्ता भएको उजुरीमा समितिको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय कीर्ते भएको बताइए...