सीमापारिको बजारमा नेपाली ग्राहकको घुइँचो‚ विराटनगरमा घट्यो कारोबार

विराटनगर : सीमावर्ती भारतीय बजार जोगबनीमा नेपाली ग्राहकको घुइँचो लाग्न थालेको छ। कोभिडका कारण ठप्प रहेको जोगबनी बजार दशैंको आगमनसँगै चहलपहल बढेको हो।कोभिड १९ महामारी रोकथाम तथा न्यूनीकरणका लागि गत वर्षको चैतदेखि लकडाउन भएपछि भारतीय बजार जोगबनी पनि प्रभावित भएको थियो। लकडाउनका बेला सीमा नाका बन्द गरिए पनि सहायक र चोरबाटोबाट अवैध कारोबारदेखि लुकिछिपी ओहोरदोहोर हुन्थ्यो। त्यसैले गत साउन २७ गतेदेखि रानीनाकाबाट आउजाउ खुला गरिएको थियो।नेपाली बजारको तुलनामा सुलभ र सस्तो मूल्यमा समान जोगबनी बजरामा पाइने

सम्बन्धित सामग्री

शाेधान्तर घाटा बढ्दै जाँदा आगामी दिन थप कष्टकर : शेखर गाेल्छा

माेरङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शोधान्तर घाटा बढ्दै गएको हुँदा आगामी दिन थप कष्टकर हुनसक्ने बताएका छन्। विराटनगरमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो प्रदेश सभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले बढ्दो शोधान्तर घाटा र विश्व बजारमा बढ्दो मूल्यवृद्धिका कारण नेपाली बजार थप कष्टकर हुने बताएका हुन्। अध्यक्ष गोल्छाले बजारको […]

सबै किसिमको कर तिर्न एकद्वार प्रणाली बनाउन आग्रह

विराटनगर (अस) । तीन तहको सरकारलाई फरक फरक स्थानमा फरक फरक तरिकाले कर तिर्दै आएका पूर्वका उद्योगी–व्यवसायीले सबै किसिमका कर बुझाउने प्रणालीलाई एकद्वार बनाउन सुझाएका छन् । राजस्व परामर्श समितिले आर्थिक वर्ष २०७९/२०८० को राजस्व नीति तर्जुमाका लागि सुझाव संकलन गर्न आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले तहैपिच्छेका सरकारलाई अलग–अलग प्रणालीमा कर बुझाउन झन्झट भएको बताएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का राजस्व समितिका संयोजक देवकीनन्दन अग्रवालले स्थानीय तहले उत्पादन र निकासीमा करका दरहरू तोकेर अनावश्यक असुली गरिरहेको भन्दै यस्तो व्यवस्था हटाउनुपर्ने बताए । उद्योगीले संघ, प्रदेश र स्थानीय तहमा कर बुझाउनुपर्दा त्यसको झन्झट थेग्न नसक्ने स्थिति आएकोले सबै स्थानीय तहमा करका दरमा एकरूपता ल्याउन संघीय सरकारले परिभाषित गरिदिनुपर्ने उनले सुझाए । नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले उद्योग स्थापनादेखि त्यसको सञ्चालन र बन्द गर्दासम्म प्रक्रियागत झन्झट रहेको बताए । करका नीतिलाई सरलीकरण गर्दै प्रशासनिक प्रक्रियागत झन्झट अन्त्य गर्न सके लगानीको वातावरण सृजना हुने उनको सुझाव थियो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले करदाताको आयमा सम्बन्धित पार्टीले करकट्टी गरी जम्मा नगर्ने, सम्पर्कमा नआउने, दाखिला गलत गर्ने, ढिला गर्ने वा अर्को आर्थिक वर्षमा जम्मा गर्नाले करदाताको कर दाबी नहुने बताए । यस्तै मोरङ व्यापार संघका महासचिव अनिल शारडाले खुला सीमाबाट सामग्री भित्रिएर बजारमा छ्यापछ्याप्ती हुँदा नेपाली उत्पादन खपतमा समस्या हुने गरेको बताए । कार्यक्रममा राजस्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समग्र अर्थतन्त्रको समीक्षा गर्ने स्थिति आएकाले निजीक्षेत्रको भूमिका विशेष हुने बताए । विश्वमा देखा पर्दै गएको द्वन्द्वको स्थितिले नेपाललाई समेत प्रभाव पार्ने भन्दै उनले सबैको जोडबलले मात्रै अर्थतन्त्रलाई सही दिशामा लैजान सकिने बताए । अर्थ मन्त्रालयका सहसचिव रमेशकुमार बीसीले सरोकारवाला पक्षसँगको परामर्शबाट उठेका विषयलाई बजेटले सम्बोधन गर्ने बताए ।

भारतले खाने तेलमा आयात कर घटायो : नेपाली उद्योगको लगानी अन्योलमा

वीरगञ्ज । खाने तेल आयातमा भारतले लिएको नीतिले नेपालका तेल उत्पादक उद्योग संकटमा पर्ने देखिएको छ । भारतले प्रशोधित र तयारी खाने तेलको आयातमा आयात कर स्वात्तै घटाएपछि स्वदेशी उद्योगको लगानी संकटमा पर्ने अवस्था आएको हो । भारत निकासीलाई लक्षित गरेर नेपालका १९ ओटा उद्योगले प्रशोधित तेल उत्पादन गरिरहेका छन् । तीमध्ये १२ ओटा वीरगञ्ज क्षेत्रमा छन् । अन्य विराटनगरमा सञ्चालित छन् । आफ्नो आपूर्तिको दुई तिहाइ परिमाण आयात गरिरहेको भारतले यसअघि खाने तेल आयातमा उच्च दरको सीमा र कृषि पूर्वाधार तथा विकास कर लगाएको मौका छोपेर नेपालका उद्योगले लगानी बढाएका थिए । तेल उत्पादनमा नयाँ लगानीमात्र आएको थिएन, पछिल्लो समय अधिकांश उद्योगले उत्पादन क्षमता बढाएका छन् । भारतले ३ महीनाअघिमात्रै पाम आयल आयातमा प्रतिबन्ध हटाएपछि केही औद्योगिक घरानाले नयाँ लगानी ल्याउने योजनासमेत बनाएका थिए । भारतले १ वर्षपछि पाम तेलको आयात प्रतिबन्ध हटाएको थियो । भारतको पछिल्लो कदमले तेल उत्पानमा लागेको लगानीको भविष्य नै अन्योलमा परेको स्वदेशी उद्यमीहरूले बताएका छन् । भारतको वित्त मन्त्रालयअन्तर्गतको राजस्व विभागले गत बिहीवारदेखि लागू हुने गरी अर्ध प्रशोधित र प्रशोधित पाम, भटमास र सूर्यमुखी तेलको आयात कर घटाएको हो । खाने तेलमा मूल्य बढेपछि नियन्त्रणका लागि भारतले यो उपाय अपनाएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शुल्क पुनरवलोकनपछि भारतमा अर्धप्रशोधित पाम तेलमा ८ दशमलव ५ प्रतिशत र भटमास र सूर्यमुखीमा ५ दशमलव ५ प्रतिशत आयात कर लाग्ने भएको छ । ती सबै खालका प्रशोधित तेलको आयातमा १९ दशमलव २५ प्रतिशत कर लाग्ने छ । यो दर मार्च ३१ सम्म कायम रहने छ । यसअघि यो शुल्क ३५ देखि ४० प्रतिशतसम्म थियो । भारतले मूल्य नियन्त्रणका लागि आयातमा यो चौथोपटक कर कटौती गरेको हो । भारतीय कदमका कारण अब नेपालबाट प्रशोधित तेल निकासीमा नोक्सानी हुने उद्योगी सुरेश रुंगटा बताउँछन् । नेपाली उद्यमीले इन्डोनेशिया र मलेशियाबाट पाम तथा अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसबाट भटमास र सूर्यमुखीको अर्ध प्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । भारतले आयातमा लगाएको उच्च कर र नेपालमा कच्चा पदार्थमा लाग्ने न्यून महसुलबीचको अन्तरको फाइदा उठाउँदै स्वदेशी उद्योगले निकासी गरेका थिए । साप्mटा सुविधाअन्तर्गत नेपाली उद्यमीले शून्य भन्सारमा भारत निकासी गर्छन् । भारतमा अब खाने तेलको मूल्य प्रतिलिटर ८ देखि १५ भारतीय रुपयाँसम्म घट्ने अनुमान गरिएको छ । ‘तेस्रो मुलकबाट कच्चा तेल ल्याएर अब भारत निकासीमा फाइदा छैन । उद्योगको गोदाम र बाटोमा भएको तेल के गर्ने भन्ने चिन्ता थपिएको छ,’ वीरगञ्जको तेल उत्पादक ओसीबी फुडका सञ्चालक उद्योगी रुंगटाले भने । अब स्वदेशी बजारमा समेत खाने तेलको भाउ घट्ने देखिएको छ । यसअघि स्वदेशी भारतीय बजारको मूल्यलाई आधार बनाएर विक्री वितरण गर्दा नेपाली उपभोक्ता पनि महँगोमा उपभोग गर्न बाध्य थिए । भारत निकासीमा फाईदा नभएपछि अब आन्तरिक बजारमा तेल सस्तिने एक उद्योगीले बताए । भारतले ३ महीनाअघिमात्रै पाम आयलको आयात खुला गरेपछि नेपाली उद्योगीले लाखौं मेट्रिकटन पाम आयल आयात गरेका छन् । भारतले आगामी डिसेम्बरसम्मका लागि आयात प्रतिबन्ध हटाएकाले नोभेम्बरसम्मका लागि पाम आयल अर्डर भएको रुंगटाले बताए । नेपालले पनि छूट दिनुपर्ने माग विराटनगर । भारतले खाने तेलको मूल्यमा नियन्त्रण गर्न आयातित खानेतलेको कच्चा पदार्थको भन्सारमा भारी कटौती गरेपछि खाने तेल प्रशोधन गरेर भारतीय बजारमा पठाइरहेका नेपालका उद्योगहरू मारमा परेका छन् । उद्योगीहरूले नेपाल सरकारले पनि भन्सार महसुलमा छुट हुनुपर्ने माग गरेका छन् । भारतले कच्चा पाम तेलमा १६ दशमलव ५ तथा सूर्यमुखी र भटमासको तेलमा १९ दशमलव २५ प्रतिशतले महसुल कटौती गरेको हो । यो कटौतीपछि भन्सार फरकको फाइदा उठाउँदै निकासी गर्ने नेपालका तेल उद्योग प्रभावित भएका हुन । नेपालका तेल उद्योगहरूले भारतीय उत्पादनसग प्रतिस्पर्धा गर्ने गरी कच्चा तेलको आयातमा भन्सार महसुल छूट मागेका छन् । नेपाल भारत उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले भारतले तेस्रो मुलुकबाट आयात हुने कच्चा तेलको मूल्यमा लिइँदै आएको भन्सार शुल्क शून्यमा झारेपछि नेपाल सरकारले पनि कच्चा खानेतेलमा लिइँदै आएको १० प्रतिशत शुल्क खारेज गरी शून्यमा झारेमा मात्र नेपालका खानेतेल उद्योगले भारतमा प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरे । अध्यक्ष बोहोराले विश्वबजारमा खानेतेलको मूल्य एकाएक बढेकाले त्यसको असर नेपाल र भारतीय उपभोक्ता माथि परेको जानकारी दिए । तर, भारत सरकारले भारतीय उपभोक्तालाई खाने तेलमा बढी मूल्य तिर्न नपरोस भनेर सरकारले नीति ल्याए पनि नेपाल सरकारले भने नीति ल्याउन ढिला भएको टिप्पणी उनले गरे । व्यवसायीका अनुसार भारतको नयाँ रणनीतिले करिब ७० अर्बको निकासी प्रभावित भएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भारत सरकारको सानोभन्दा सानो नीतिले पनि नेपाली उद्योगहरू प्रभावित हुने गरेको बताए । पछिल्लो नीतिसँग प्रतिस्पर्धा गर्न नेपालले पनि तेलको आयात र निर्यातमा लचिलो नीति लिनुपर्ने उनले बताए । उद्योग संगठनका कोषाध्यक्ष तथा क्वालिटी रिफाइनरीका सञ्चालक विपीन कावराले भने भारतीय क्रेताले कच्चा पदार्थ बल्कमा खरिद गर्ने हुँदा हामीले राजस्व नतिरेको कच्चा पदार्थभन्दा उनीहरूले तिरेको कच्चा पदार्थ सस्तो पर्न जाने बताए ।

आत्मनिर्भर भएका उद्योगलाई प्रोत्साहन गर्न माग

विराटनगर । उत्पादनमा आत्मनिर्भर बनिसकेका उद्योगलाई प्रोत्साहन गर्न उद्योगीहरूले माग गरेका छन् । यस्ता उद्योगलाई प्रोत्साहनका लागि पैठारी हुने तयारी वस्तुमा भन्सार शुल्क बढाउनुपर्ने र खुला सीमा नाकामा निगरानी बढाउनुपर्ने माग उद्योगीहरूको छ । मोरङ व्यापार संघले शनिवार विराटनगरमा आयोजना गरेको ‘उद्योग तथा वाणिज्य क्षेत्रका समस्या तथा समाधान विषयक’ अन्तरक्रियामा उद्योगी तथा व्यवसायीले यस्तो माग राखेका हुन् । कार्यक्रममा उद्योगी व्यवसायीका गुनासो सुनेपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उत्पादनमा आत्मनिर्भर उद्योगहरूलाई प्रोत्साहन गर्ने र तयारी वस्तुको आयात निरुत्साहन गर्न भन्सार महशुल बढाउनुपर्ने विषयमा आफू सहमत रहेको बताए । आफूले राजधानी फर्किएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई त्यसका लागि निर्देशन दिने उनको भनाइ छ । खाद्यान्न, बिस्कुट, चप्पल लगायतका उद्योगको उत्पादनले आन्तरिक माग पूरा गरेकाले आयात गर्नुपर्ने अवस्था नरहेको सभापति श्रीवास्तवले बताए । बंगलादेशबाट अनियन्त्रित रूपमा आइरहेको जुसको भन्सार शुल्क बढाएपछि आउन छाडेको प्रसंग उल्लेख गर्दै उनले आत्मनिर्भर उद्योगलाई प्रोत्साहन गरिनुपर्नेमा आफु सकारात्मक रहेको बताए । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नवीन रिजालले पछिल्लो समय कोभिडका कारण थला परेका उद्योगलाई चलायमान बनाउन सरकारले ल्याएको मौद्रिक नीति र आर्थिक विधेयकको कार्यान्वयनमा जोड दिए । सरकारले पछिल्लो पटक स्टिल उद्योगका लागि ल्याएको नीतिले सीमित उद्योग नाफामा जाने र धेरै उद्योग बन्द हुने भन्दै उनले सबैलाई स्वीकार्य हुने व्यवस्था गरिनुपर्ने बताए । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले स्टिल उद्योगका लागि सरकारले गरेको निर्णयको स्वागत गरे । अन्य उद्योगले पनि बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी सरकारले मौका दिनुपर्ने उनले बताए । उद्योग संगठनका कार्यसमिति सदस्य तारा निरौलाले समितिले उद्योगका विषयमा यसअघि उठेका के के विषयमा सम्बोधन गरियो र सरकारले गरेका निर्णयहरू किन कार्यान्वयन हुँदैनन् भन्दै समितिसमक्ष जिज्ञासा राखे । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष कृष्ण अग्रवालले विद्युत्को अनियमितताले उद्योगीहरू पीडित बनेको भन्दै उद्योगका बोइलरबाट उत्पादित बिजुली सरकारले किनिदिनुपर्ने माग गरे । मोरङ व्यापार संघका उपाध्यक्ष विकास वेगवानीले यसअघिको सरकारका अर्थमन्त्रीले चकलेटलाई भन्सार छूट दिँदा गहुँमा भन्सार थप गरिदिएकाले आम सर्वसाधारणले बिहान बेलुका खाने रोटी महँगो बनाइदिएको टिप्पणी गरे । गहँुमा लाग्दै आएको ड्युटी हटाइनुपर्ने माग उनले गरे । संघका वरिष्ठ उपाध्यक्ष अनिल शारडाले आठओटा स्टिल उद्योगले ल्याउने स्पन्ज आइरन र स्क्र्यापमा भन्सार तथा अन्तःशुल्क शून्य गर्नु र २२ ओटा उद्योगले ल्याउने एमएस बिलेटमा भने अन्तःशुल्क बढाएर सरकारले एकैखाले उद्योगमा दोहोरो नीति लिएको बताए । उद्योगी अमित शारडाले नेपाली बिस्कुट उद्योगहरू आत्मनिर्भर भएकाले भारतबाट आयातमा प्रतिबन्ध गरिनुपर्ने बताए ।

विश्व बजारमा उच्चस्तरको रोजगारी दिलाउने उद्देश्य

विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा अग्रणी रहेको ‘आइएनजी ग्रुप’ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा ‘विराटनगर इन्टरनेशनल कलेज’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा तीन वर्षे स्नातक तहको ‘इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको …

‘विश्व बजारमा रोजगारीका लागि सक्षम विद्यार्थी उत्पादन गर्ने’

विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको  अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ ।     शिक्षा क्षेत्रमा अग्रणी रहेको ‘आइएनजी ग्रुप’ ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा  ‘विराटनगर इन्टरनेशनल कलेज’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा तीन वर्षे स्नातक तहको ‘इन्टरनेशनल  हस्पिटालिटी  म्यानेजमेण्ट’  विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।  इनोभे...

विराटनगरमा पनि टाटा एचफाइभ एसयूभी

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभ गोएल मोटर्स प्रालिमार्फत विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

रोयल लुब्रिकेन्ट्स बजारमा  - Karobar National Economic Daily

काठमाडौं । नेपाली बजारमा नयाँ लुब्रिकेन्ट्स भित्रिएको छ । फुजिमा आयल कम्पनी प्रालिले नयाँ उत्पादन ‘रोयल लुब्रिकेन्टस्’ गत साता नेपाली बजारमा ल्याएको हो । विराटनगरमा एक कार्यक्रमबीच फुजिमा आयल कम्पनीका…