भारतीय मसला ब्राण्ड ‘एमडीएच’ को ट्रेडमार्क नेपाली कम्पनीको कब्जामा, सक्कली उत्पादन बेच्न रोक

पुस १४, काठमाडौं। भारतको प्रसिद्ध मसला ब्राण्ड ‘एमडीएच’ को ट्रेडमार्क नेपाली कम्पनीले कब्जा गरेको छ। विराटनगरमा रहेको भवानी मसला एण्ड फुड उद्योगले ‘एमडीएच’ कै नाममा नेपालमा ट्रेडमार्क दर्ता गरिसकेकोले भारतको चर्चित ब्राण्ड एमडीएच मसलाको ट्रेडमार्क खोसिएको हो। उद्योग विभागले भारतीय मसला कम्पनीले नेपालमा ट्रेडमार्क दर्ता नगरेका कारण नेपाली कम्पनीले दर्ता गरेको ट्रेडमार्कलाई नै आधिकारिक मानेको छ। भारतीय कम्पनीले आफ्नो ट्रेडमार्क बचाउन चाहेमा उसले अव सर्वोच्च अदालत गुहार्नुपर्ने छ। सर्वोच्च अदालतले पछिल्लो पटक सर्वोच्चले गरेको फैसलाको नजीरले उसले ट्रेडमार्क फिर्ता पाउने आधार भने तयार गरेको छ। नेपालमा ट्रेडमार्क नक्कल सम्बन्धि मुद्दामा जापानको प्रसिद्ध पेन्टस कम्पनी कन्साइ नेरोल्याकले उद्योग विभाग र उच्च अदालतबाट हारेको मुद्दा सर्वोच्चमा गएपछि जितेको थियो। जापानी कम्पनीको ट्रेडमार्क नेपाली कम्पनी रुक्मिणी केमिकल्सले कब्जा गरेको थियो। रुक्मिणी केमिकलक्सका सञ्चालक श्रवण कुमार गोयलले कन्साइले ट्रेडमार्क चोरेको भन्दै उल्टै विभागमा मुद्दा हालेका थिए। विभागबाट गोयलको पक्षमा फैसला भएपछि कन्साई उच्च अदालत हुँदै सर्वोच्च पुगेको थियो।  सर्वोच्चमा मुद्दा लम्बिदै गएपछि कन्साईले ‘केएनपी जापान’ ब्राण्डमा पेन्टस उत्पादन गरेर पनि बेचेको थियो। करीब ३ वर्ष लामो कानूनी लडाइपछि अन्तत २०७६ फागुनमा उसले सर्वोच्च अदालतबाट आधिकारिक ट्रेडमार्क फिर्ता पाएको थियो। भवानी मसला उद्योगले भारतीय कम्पनीको हुबहु नक्कल गरेपनि २०२२ सालको कानूनले पहिला दर्ता हुन आउने कम्पनीलाई मात्रै चिन्ने भएकाले विभागले भवानी मसला उद्योगको पक्षमा फैसला गरेको विभागका कानून शाखाका प्रमुख दीपक घिमिरेले बताए। भवानी मसला उद्योगले एमडीएच नामबाटै विभागमा ट्रेडमार्क दर्ता गरेको तर वास्तविक एमडीएचले ट्रेडमार्क दर्ता नगरेरै नेपालमा विक्री वितरण गरिरहेकोले भारतीय कम्पनीका मसला विक्री वितरणमा रोक लगाउने फैसला भएको घिमिरेले बताए। भारतीय मसला एमडीएच प्रसिद्ध ब्राण्ड भएको फैसला गर्ने अधिकारीलाई थाहा भएपनि कानूनतः भवानी मसला उद्योगनै पहिला दर्ता हुन आएकोले उसैको पक्षमा फैसला गरिएको विभागको भनाई छ। बदाम ड्रिङ्कमा भारतीय कम्पनीको पक्षमा फैसला विभागले भारतीय कम्पनीले बेच्ने बदाम ड्रिङ्क विरुद्धको मुद्दामा भने भारतीय कम्पनीकै पक्षमा फैसला गरेको छ। भारतीय कम्पनीले नेपाली उद्योगले ट्रेडमार्क लिनुअघिनै उद्योग विभागमा ट्रेडमार्क दर्ता गरिसकेकोले उसको पक्षमा फैसला भएको घिमिरेले बताए। झट्ट हेर्दा कुन नेपाली कुन भारतीय भन्ने कसैले पनि छुट्ट्याउन सक्दैनन्। बोतलको साइज देखि कलर सम्म र नाम देखि डिजाइन सम्म हुबहु कपी गरिएको छ। यस्तोमा उपभोक्ताहरु पनि सचेत भएर नक्कली उत्पादन किन्न नहुने उनको भनाई छ। बजारमा ३ किसिमका रोयल स्ट्याग भारतीय कम्पनी ‘रोयल स्ट्याग’ को नक्कल गरेर बजारमा थप दुई कम्पनीले हुबहु उस्तै देखिने ‘रोयल ट्याग’ र ‘रोयल शर्ट’ को विक्रीवितरण गरिरहेका छन्।  १६ वर्षसम्म हिमालयन डिष्टिलरीसँगको साझेदारीमा रोयल स्ट्याग उत्पादन गरेर विक्री गर्दै आएको कम्पनी ५ वर्षअघि उत्पादन बन्द गरेर भारत फर्केको थियो। अहिले भने रोयल स्ट्याग झापामा रहेको विनर लिक्कर्स उद्योगमार्फत उत्पादन भइ विक्री वितरण हुँदै आएको छ। राम्रो ब्राण्ड बनेको रोयल स्ट्यागको नक्कल गरेर बजारमा ४/५ किसिमकै नक्कली रोयल स्ट्याग विक्रिवितरण भइरहेको विभागले बताएको छ। कानून कमजोर हुँदा जानजान चोरी गर्ने क्रम बढ्यो पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ मा राखिएका कानूनी कारबाहीका कुरा ५६ वर्षपछि समय सापेक्ष नभएकाले जानाजान ट्रेडमार्क चोरी गर्ने क्रम बढेको विभागको अनुभव छ। ट्रेडमार्क चोरी गर्ने कम्पनीलाई कानूनी कारबाही हुँदापनि न्युन मात्रै जरिवानाको व्यवस्था रहेकोले चोरी गर्नेको आत्मबल बढिरहेको शाखा प्रमुख घिमिरेले बताए। अहिले नेपाली बजारमा पाइने सामानहरु कुन नक्कली हुन र कुन सक्कली हुन भन्ने छुट्ट्याउनै नसक्ने अवस्था रहेको पनि उनले बताए। ‘नाम चलेको कम्पनीको उत्पादनसँग दुरुस्तै मिल्ने गरि सामान उत्पादन गरेर बजारमा पठाउँछन्।’ घिमिरेले भने, ‘सक्कली सामान उत्पादन गर्ने कम्पनीले कानूनी उपचार खोज्दा सम्म उसले जरिवाना तिर्ने रकमको १० गुणा बढी नाफा कमाइसकेको हुन्छ।’  अहिले बौद्धिक सम्पत्ती सम्बन्धि २०२२ सालमा बनेको ऐन अनुसार नै कानूनी काबाही हुने गरेको छ। उक्त ऐन अनुसार ट्रेडमार्क चोरी गरेमा बढीमा १ लाख रुपैयाँसम्म मात्रै जरिवाना हुन्छ।   ‘२०२२ सालमा १ लाख रुपैयाँ भनेको धेरै ठूलो रकम भएपनि आजको मितिमा भने उक्त रकम सामान्य  भइसकेको छ।’ घिमिरेले भने, ‘ट्रेडमार्क चोरी गर्नेले ६ महीना मात्रै उत्पादन बेच्यो भने पनि १० औं लाख बढी नाफा कमाइसकेको हुन्छ। अनी उसले १ लाख रुपैयाँ तिरेर उन्मुक्ति पाउँछ र भोलिदेखि अर्को नाम चलेको कम्पनीको उत्पादनसँग मिल्ने गरि सामान उत्पादन गर्न थाल्छ।’ संशोधित ऐनको ड्राफ्टमा यसरि ट्रेडमार्क नक्कल वा चोरी गरेमा १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। यो ऐन छिटो लागूभएपछि ट्रेडमार्क सम्बन्धि मुद्दाहरु कम हुने घिमिरेको विश्वास छ। अहिले उद्योग विभगमा १ हजार हाराहारी ट्रेडमार्क सम्बन्धि मुद्दा दर्ता भएका छन्। पछिल्लो २ वर्ष कोभिडका कारण मुद्दाको फैसला हुने क्रम पनि घटेको छ। मुद्दाको संख्या बढेकोले अव हप्तामा ३ दिन फैसला गरेर टुङ्ग्याउने तयारी भइरहेको पनि घिमिरेले बताए। यस अघि विभागले हप्तामा दुई दिन ट्रेडमार्क लगायतका उद्योगका मुद्दा फैसला गर्ने गरेको थियो।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट : नेपाली उत्पादनको पहिचानको महत्त्व

नेपाली कफी तथा चियाले ‘कलेक्टिभ मार्क’ पाएको छ । राष्ट्रिय कफी दिवसका अवसरमा उसले त्यो लोगो सार्वजनिक गरेको छ । अब नेपालमा उत्पादन तथा निर्यात हुने कफी ‘नेपाल कफी’ को नाम र लोगोमा हुनेछ । ढिलै गरी भए पनि नेपालमा कफीको विकासका लागि यो सुखद खबर हो । तर, यसअघि नै ट्रेडमार्क वा कलेक्टिभ मार्क लिनुपर्ने अन्य उत्पादनले अझै त्यस किसिमको प्रयास गरेका छैनन् । आफ्नो ब्राण्डबाट नेपाली चिया तथा कफी निर्यात हुन नसक्दा नेपालले यसबाट लिन सक्ने लाभ लिन सकेको छैन । अहिले नेपालबाट निर्यात हुने चियामध्ये अधिकांश भारतमा सस्तो मूल्यमा निर्यात हन्छ । ‘नेपाल टी’ का नाममा नेपाली चियाको ट्रेडमार्क दर्ता छ । तर, विदेशमा यसको प्रवर्द्धन हुन नसक्दा नेपाली चियाले लाभ लिन नसकेको हो । नेपालबाट वार्षिक १ सय २० टनको हाराहारीमा कफी निर्यात भइरहेको छ । तर, निर्यात हुने मुलुकमा यसको अझ प्रवर्द्धन हुन जरुरी छ ।  (सम्पादकीयबाट)  वर्ष ६, अंक ६० शुक्रवार, ३, मंसिर २०६७

ट्रेडमार्क अधिकारको उल्लंघनमा कानूनी उपचार

ट्रेडमार्क अधिकारको उल्लंघन र व्यापारी सामानको विचलन नेपालको बजारमा लाजमर्दो किसिमले फस्टाइरहेको छ । यहाँ एक दुईओटा ट्रेडमार्कको उदाहरण दिएर एक दुई जनालाई मात्र चिढ्याउने पक्षमा जानुभन्दा बजारको समग्र स्थिति हेरौं । अनधिकृत रूपमा आदिदास, नाइक, क्रोकोडाइल अदि विश्वका प्रख्यात ब्रान्डको ट्रेडमार्क लेबल लगाएर लुगा, ब्याग, बाकस, झोला, जुत्ता, चप्पलको व्यापारमा भइरहेको छ । फूटपाथमा यस्तो कारोबार गर्नेहरू लाखौंको संख्यामा छन् । यो ट्रेडमार्क उल्लंघनको कुरा गर्दा उनीहरूको रोजीरोटी खोसेर खाडीतिर धकेल्न खोजेको जस्तो हुन्छ । उपभोक्ताहरू पनि त्यस्तै बजारमा रमाएका छन्, भनेका जस्ता ब्रान्डका सामान भनेको जस्तो मूल्यमा विश्वव्यापी डिजाइनमा पाएका छन् । यति भए अरू के चाहियो र ? ट्रेडमार्क चोरी गरी दूषित कारोबार गर्ने व्यवसायीको मुकुन्डो उतार्न र मर्का पर्ने पक्षलाई शीघ्र न्याय दिन तथा अन्तरिम आदेशबाट कसैको ट्रेडमार्क अथवा बौद्धिक सम्पत्तिको सम्भावित अपूरणीय क्षतिबाट बचाउन अदालतको स्वविवेकले ठूलो भूमिका खेल्छ । तर, ट्रेडमार्क अधिकार उल्लंघनको यस घटनाको अर्को पाटो पनि छ । यसतर्फ गम्भीरतापूर्वक विचार गरिनुपर्छ । यस्तो व्यापारले केही चिनियाँ तस्करहरूलाई पोसेको छ, केही भारतीय तस्करहरूलाई पोसेको छ अनि तिनीहरूसँग साँठगाँठ भएका केही नेपाली व्यापारीहरू पोषिएका छन् । तर, यस्ता क्रियाकलापबाट यहाँका उद्योगीहरूलाई, ठूला व्यापारीहरूलाई, मुलुकको राजस्व विभागलाई गम्भीर क्षति पुगिरहेको छ । अन्तरराष्ट्रिय जगत्मा बौद्धिक सम्पत्तिको दुरुपयोग गर्ने मुलुकहरूमा नेपालको नाम पनि अगाडि नै आउने गरेको छ । कपडामा मात्र होइन, यस किसिमको बेथिति औषधि र खाद्य पदार्थमा पनि देखिने गरेको छ । औषधि र खाद्य पदार्थका नक्कली ब्रान्डले गर्दा सार्वजनिक स्वास्थ्य कति जोखिममा छ यसको लेखाजोखा छैन । यसका लागि सबैभन्दा बढी सजग रहनुपर्ने सरकारी नियमकारी निकाय र अदालत नै हुन् । ट्रेडमार्क अधिकार उल्लंघनका कुरा नियमन गर्ने मुख्य सरकारी नियमनकारी निकाय भनेको हाललाई उद्योग विभाग नै हो । विभागले यसतर्फ खासै संवेदनशीलता र चासो देखाएको पाइँदैन । अदालतमा पनि यस किसिमका मुद्दाहरू कमै मात्रामा पुग्ने गरेका छन् । ट्रेडमार्क अधिकारको उल्लंघन कसरी हुँदो रहेछ र क्षति कम गर्न अदालतको तत्कालीन भूमिका के हुँदो रहेछ भन्ने सम्बन्धमा भारतमा हालै उच्च अदालत दिल्ली र बम्बेमा कारबाही भइरहेका दुई केसहरू प्रस्तुत गरिन्छ । पहिलो केस हो दिल्ली अदालतमा रहेको भिक्टोरिया फुड प्रा.लि विरुद्ध राजधानी मसला कम्पनीको मुद्दा । यसमा बादी पक्षले आफ्ना विभिन्न खाद्य पदार्थ तथा कन्फेक्शनरी सामानजस्ता उत्पादनमा राजधानी ट्रेडमार्क प्रयोग गर्दै आएको थियो । राजधानी ट्रेडमार्क प्रख्यात हुँदै गएको थियो र उसको कारोबार पनि मौलाउँदै गएको थियो । वादी पक्षलाई सामाजिक सञ्जाल र पत्रपत्रिकाबाट केही विपक्षीहरूले राजधानी मसला कम्पनी तथा नयाँ राजधानी मसला कम्पनी नामबाट त्यस्तै खाद्य पदार्थ तथा मरमसलामा प्रयोग गर्नेगरी बहु बादी पक्षकै ट्रेडमार्कसँग झुक्किने गरी राजधानी ट्रेडमार्क लेबल चलन गरेर वितण्डा मचाइ रहेको कुरा जानकारी हुन आयो । यसबाट रन्थनिएर वादी पक्षले अदालतमा मुद्दा दायर गरे र तत्कालै यस्ता गैरकानूनी हर्कत बन्द गर्न गराउन विपक्षीको नाममा अन्तरिम आदेश समेत माग गरे । अदालतमा विपक्षीले गल्ती स्वीकार गरेन, बरू उल्टो वादी पक्षको भन्दा आफ्नो ट्रेडमार्कको प्रयोग जेठो भएको उल्टो दाबी प्रस्तुत गर्‍यो । अदालतले दुवै पक्षको सुनुवाइ र छानविन गरेर ट्रेडमार्क वादीपक्षकै भएको र पहिलो प्रयोगकर्ता पनि वादी पक्ष नै भएको अनि विपक्षीले चलन गरेका ट्रेडमार्कका लेबलहरू वादी पक्षलाई क्षति पुर्‍याउने गरी उस्तै रूपमा प्रयोग भएको र वादीको ट्रेडमार्क अधिकारलाई कुण्ठित गरिरहेको ठहर गर्‍यो । वादीपक्षले विपक्षीको विरुद्ध ट्रेडमार्क अधिकार उल्लंघन भएको प्रत्यक्ष प्रमाण जुटाउन सफल भएकाले अदालतको अन्तरिम आदेशबाट विचलन तुरुन्त बन्द गराउन र आफ्नो कारोबारको थप क्षति हुन नदिन सफल भयो । अर्को मुद्दा बम्बे उच्च अदालतको प्रिन्स पाइप एन्ड फिटिङ लि. विरुद्ध प्रिन्स प्लेटिनम पाइप एन्ड फिटिङको रहेको छ । वादी पक्षले उत्पादन गर्ने पीभीसी पाइप तथा फिटिङसम्बन्धी सरसामग्रीमा क्राउन लोगोसहितको प्रिन्स ट्रेडमार्क आफ्नो रजिस्टर्ड ट्रेडमार्कका रूपमा प्रयोग गर्दै आएको थियो । यो ट्रेडमार्क प्रयोग गर्न थालेको २५ वर्षभन्दा बढी भइसकेको थियो । उनका हरेक सामानमा प्रिन्स ट्रेडमार्क स्पष्ट रूपले अंकित गरिएको हुन्थ्यो । र, उत्पादित सामानलाई ‘पाइपिङ सिस्टम भनिन्थ्यो । विपक्षी प्रिन्स प्लेटिनम पाइपले पनि समान प्रकारका मालसामान उत्पादन गर्दथ्यो र आफ्ना सामानहरू प्रिन्स प्लटिनम ट्रेडमार्क प्रयोग गरेर बेचबिखन गर्दथ्यो । उनले ‘प्रिन्स प्लेटिनम प्लाटिन्डिया’ डोमिन नाम रखेर वेबसाइट पनि सञ्चालन गरेको थियो । एक दिन वादीको एक जना डिलरले विपक्षीको विज्ञापनसँग झुक्किएर विपक्षीले कारोबार गरेको प्रिन्स प्लेटिनम ट्रेडमार्क अंकित सामानको अर्डर गरेपछि उनी झसंग भए । यो घटना विवरण उनका लागि प्रत्यक्ष प्रमाण पनि भयो । आफ्ना सामान बेचबिखन गर्न वादीको ट्रेडमार्क ख्यातिको वैशाखी टेकेर विपक्षीले बजारमा भ्रम र धोकाको खेती गरेको यो ज्वलन्त उदाहरण थियो । धेरै उपभोक्ताले विपक्षीका सामानलाई वादीको सम्झेर किन्न थाले पछि वादीको कारोबार घट्नु स्वाभाविकै थियो । वादीले विपक्षीको ट्रेडमार्क र डोमिन नामविरुद्ध बम्बे उच्च अदालतमा मुद्दा चलाए र तुरुन्त रोकथामका लागि अन्तरिम आदेशसमेत माग गरे । साथै, व्यवसायको नामलाई पनि चुनौती दिए । अदालतले अन्तरिम आदेश जारी गरी विपक्षीलाई विवादित ट्रेडमार्क प्रयोगमा बन्देज लगाउने मात्र गरेन विपक्षीका पिन्स प्लेटिनम ट्रेडमार्कसँग सम्बद्ध भएभरका उत्पादित सामान, छाप, छपाइका सामान, ट्रेडमार्क लेबल, ब्रोसर, पम्पलेट, पोस्टर आदि सम्पूर्ण सामान बरामद गरी संकलन गर्न कर्मचारी नै खटायो । उक्त दुई मुद्दाहरूको प्रकृति विश्लेषण गर्दा के कुरा अनुभव हुन्छ भने जसको ट्रेडमार्क प्रख्यात हुन्छ त्यसका सामान बजारमा बढी चल्छ र उसको ट्रेडमार्क बढी चोरिँदो रहेछ । चोरी बदमासी गर्नेले पनि हुबहु उही ट्रेडमार्कको नामबाट व्यवसाय थालनी गरेर पहिले त्यस्ता नाम चलेको ट्रेडमार्क हलुँगो बनाउने (डाइल्युशन गर्ने) प्रयास गर्दा रहेछन् र नक्कली ट्रेडमार्कलाई आफ्नै उद्योगको व्यावसायिक नामबाट चयन भएको ट्रेडमार्क हो भन्ने आभास दिँदा रहेछन् । दूषित कारोबार गर्ने व्यवसायीको मुकुन्डो उतार्न र मर्का पर्ने पक्षलाई शीघ्र न्याय दिन तथा अन्तरिम आदेशबाट कसैको ट्रेडमार्क अथवा बौद्धिक सम्पत्तिको सम्भावित अपूरणीय क्षतिबाट बचाउन अदालतको स्वविवेकले ठूलो भूमिका खेल्दो रहेछ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

दर्जन कम्पनीको चिया निर्यात एकै ट्रेडमार्कबाट

इलाम-नेपाली अर्थोडक्स चिया कम्पनीले चियालाई राष्ट्रियता झल्कने लोगोसहित विश्व बजारमा आफ्ना उत्पादन पठाउन पाउने भएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १२ वटा चिया कम्पनीलाई ‘ट्रेडमार्क’ उपलब्ध गराएसँगै नेपाली अर्थोडक्ड चिया अब आफ्नै लोगोसहित विश्व बजारमा निर्यात हुनेछ ।‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ले तय गरेको मापदण्ड पुरा गरेका १२ वटा […]

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

काठमाडौं । नेपाल चिया उत्पादन सुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ।

उत्पादनको १५४ वर्षपछि नेपाली चियाको आफ्नै ‘ट्रेडमार्क’

उत्पादन सुरु भएको एक सय ५४ वर्षपछि नेपाली चियाले चैत २३ गतेबाट आफ्नै ट्रेडमार्क (लोगो) पाउने भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सवमार्फत नेपाली चियाले पहिलो पटक ट्रेडमार्क पाउने भएको हो। महोत्सव आयोजनाका सम्बन्धमा जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली चियालाई…