सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको पाँचौ संस्करणको फाइनल शनिबार धनगढीमा हुँदै छ । उपाधिका लागि शनिबार पूर्व च्याम्पियन मनाङ मर्स्याङदीले फ्रेन्ड्स क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जितेर सर्वाधिक राशिको पुरस्कार हत्याउने दाबी गरेका छन् ।