युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको छ ।
युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिनुभएको हो ।
जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गर्नुभएको छ । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उहाँको भनाइ छ ।
रुसी सेनाले अहिले दक्षिणपूर्वी सहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यह...