युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले रुसले युराेपका नागरिककाे सामान्य जिन्दगीलाई तहसनहस गर्न चाहेकाे बताउनुभएकाे छ । शनिवार जेलेन्स्कीले आफ्नाे नियमित सम्बाेधनमा भन्नुभयाे, रुसले जुन ठाउँमा मिसाइलले आक्रमण गर्न सक्दैन त्यहाँ उसले गरिबी र राजनीतिक अराजकताकाे सहारा लिइरहेकाे छ । रुसले मर्मतका लागि भन्दै युराेपका लागि ग्यासकाे पाइपलाइन याेजनाअनुसार फेरि नखुल्ने घाेषणा गरेसँगै भाेलाेदिमिर जेलेन्स्कीकाे याे प्रतिक्रिया आएकाे हाे । रुस–युक्रेन युद्धकाे बीच रुसले युराेपलाई ब्ल्याकमेल गर्नका लागि ग्या...