युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको अमेरिका भ्रमणप्रति रुसले कडा प्रतिक्रिया दिएको छ र अमेरिकाले आफूसँग अप्रत्यक्ष युद्ध गरिरहेको आरोप लगाएको छ ।अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले यो ‘उत्तेजक कार्य’ भएको र यसको नतिजा भयानक हुनसक्ने बताएका छन् ।अनातोली एन्टोनोभले रुसी सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘रुस चाहन्छ कि मानिसहरुले आफ्नो कदमबारे सोच विचार गरुन् तर युक्रेनलाई पेट्रियट मिसाइल डिफेन्स सिस्टम दिने खबर चिन्ताजनक छ ।’यसै क्रममा क