यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण

काठमाडौँ– भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । जम्मु कश्मीरको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस वर्षमात्रै १ करोड ६२ लाख पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सन् १९४७ मा भारतले स्वतन्त्रता पाएयता जम्मु कश्मीरमा पर्यटकहरुले भ्रमण गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण खर्च झण्डै १ करोड

काठमाडौं, १८ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ मा गरेको भारत भ्रमणमा झण्डै एक करोड रुपैयाँ खर्च भएको छ।अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५लाख २७हजार रुपैयाँ खर्च भएको हो। असार २०८०मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ।मन्त्रिपरिषद्को जेठ १५को बैठकले उक्त खर्च स्वीकृत गरेको थियो।

गत वर्ष ४ करोडभन्दा बढीले गरे तिब्बत भ्रमण

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा ४ करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीले बताएका छन्।तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन कांग्रेसको पाँचौं सत्रमा दिएको जानकारीअनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४ अर्ब १ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

घोराही उपमहानगरको ‘महंगो’ भ्रमण: नहुने ‘भ्रमण खर्च’ १ करोड २९ हजार रुपैयाँ

घोराही उपमहानगरको भ्रमण अति महंगो देखिन्छ। यो उपमहानगरले भ्रमणका चार शिर्षक उल्लेख गरेको छ। चार शिर्षकमा भ्रमण खर्च हालेको उपमहानगरले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने खुलाएको छैन।...

भरतपुर महानगरलाई चीनद्वारा १ करोड ७३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

भदौ २८, चितवन । चीनको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई १ करोड ७१ लाख मूल्य बराबरको स्वास्थ्य समग्री सहयोग गरेको छ । नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ एक व्यवसायीको पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से शहरको १ करोड १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रशोधन कम्पनीबाट ६० लाख गरी १ करोड ७३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान भएको हो । आइतवार उक्त स्वास्थ्य सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त समग्रीमा अक्सिजन कन्सन्टेटर २० ओटा, अक्सिजन सिलिन्डर २०० ओटा, फेस मास्क सर्जिकलर र एन ९५ मास्क ५० हजार, ईसिजी मेशिन ५ ओटा, पिपिई सेट २ हजार ७०० ओटा, सर्जिकल ग्लोबस १० हजार थान रहेको छ ।  सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि पनि  ४ पटकसम्म स्वास्थ्य सामग्री चीनको विभिन्न शहरबाट सहयोग आएको जानकारी दिइन् ।  विगतमा कोभिड अस्पताल, आईसोलेशन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरुमा पनि चीनबाट प्राप्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुगेको उनको भनाइ छ । यस पटक अहिले सम्मकै सबैभन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो । महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ शहरसँग भगिनी सम्बन्ध पनि विस्तार गरेसँगै नियमित रुपमा सहयोग प्राप्त हुँदै आएको छ ।

बैठक र भ्रमण खर्चमा १० प्रतिशत कटौती गर्ने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले बैठक, सेमिनार र भ्रमण भत्तामा १० प्रतिशत कटौती गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले कार्यक्रम, बैठक भत्ता, भ्रमण इन्धन, मर्मत, गोष्ठी, अनुगमन खर्च र भत्तामा १० प्रतिशत कटौती गरी सो रकम कोभिड उपचारको लागि जम्मा गर्ने बताएका छन् ।यसरी ५ अर्ब रुपैयाँ बचत हुने र त्यसबाट कोभिड खोपको प्रबन्ध मिलाएको बताए । उनले हालसम्म  १ करोड ३३ लाख ६९ हजार खोप नेपाल भित्रिसकेको र ३ करोड

महादेवलाई मनपर्ने साउन महिनाको महिमा

बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सर...

५७ वर्षमा करिब २ करोड पर्यटकले नेपालको भ्रमण गरे

काठमाडौं।बितेको ५७ वर्षमा नेपालमा विश्वबाट १ करोड ९३ लाख ९३ हजार ८७२ जना पर्यटक नेपाल आएका छन्।पर्यटन विभागकाअनुसार १९६५ देखि २०२० सम्मको अवधिमा नेपाल आएका हुन्।सो अवधिमा जहाजबाट १ करोड ५६ लाख १० हजार ९२७ र स्थल मार्गबाट ३७ लाख ८२ हजार ९४५ आएका थिए। नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा ११ लाख ९७ हजार १९१ आएका थिए।

बजेट सक्न सुटुक्क भ्रमण

गत वर्ष चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालसहितको टोली भारतको गोवा स्थलगत भ्रमण गयो । देश तथा विदेशका विभिन्न क्षेत्रका स्थानीय तहको विकास मोडलको अवलोकनको नाममा गुठिचौरको टोलीमा पनि गत वर्ष ११ लाख खर्च गरी भ्रमण भयो, भने हिमा गाउँपालिकाको टोली पनि भारत भ्रमण गयो र तातोपानी गाउँपालिकाका अध्यक्ष चीन भ्रमण गए, सबै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भ्रमण खर्च हेर्दा लगभग १ करोड बढी खर्च भएको छ । तर भ्रमण अवलोकन कार्यान्वयन तथा उपलब्धि शून्य छ ।

भ्रमण र अतिथि सत्कारमै सकियो पौने २ करोड - Naya Patrika

पुसमा भ्रमण र अतिथि सत्कारका लागि १ करोड ७० लाख खर्च राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन्...पूरा पढ्नुहोस् »