दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा ४ करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीले बताएका छन्।तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन कांग्रेसको पाँचौं सत्रमा दिएको जानकारीअनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४ अर्ब १ करोड युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो। पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।