गत वर्ष चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालसहितको टोली भारतको गोवा स्थलगत भ्रमण गयो । देश तथा विदेशका विभिन्न क्षेत्रका स्थानीय तहको विकास मोडलको अवलोकनको नाममा गुठिचौरको टोलीमा पनि गत वर्ष ११ लाख खर्च गरी भ्रमण भयो, भने हिमा गाउँपालिकाको टोली पनि भारत भ्रमण गयो र तातोपानी गाउँपालिकाका अध्यक्ष चीन भ्रमण गए, सबै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको भ्रमण खर्च हेर्दा लगभग १ करोड बढी खर्च भएको छ ।
तर भ्रमण अवलोकन कार्यान्वयन तथा उपलब्धि शून्य छ ।