कांग्रेस नेताहरू भन्छन् : ‘पार्टीले एक्लै चुनाव जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन’

काठमाण्डाै – नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । आज शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् । बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै पार्टीका प्रवक्ता प्रकाशशरण महतले पार्टीले एक्लै जित्ने ठाउँमा गठबन्धन नगर्ने भनी केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।...