कञ्चनपुरको लालझाडीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला

महेन्द्रनगर । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, ओली सरकारको असंवैधानिक कदम, सङ्घीयता र भ्रष्टाचारको विरोध गरौँ, प्रतिनिधि सभा पुनस्थापना गरौँ मूल नाराका साथ कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाको एकमहिने अभियानअन्तर्गत लालझाडी गाउँपालिका वडा नम्बर १ को वडामा २०७७ माघ १७ गते सो कार्यक्रम सम्पन्न भएको थियो । राजमो जिल्लाध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा तराई–मधेस जनवादी मोर्चा महासचिव राजाराम चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा उपस्थित सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

सम्बन्धित सामग्री

देश विकासमा संस्कृतिकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले देश विकासमा संस्कृतिकर्मीको अहम् भूमिका रहने बताएका छन् । नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को उद्घाटन गर्दै उनले संस्कृतिकर्मीको भूमिकालाई सम्मान गर्नुपर्ने बताए । नेपालको राजनीति विकृत र विसङ्गत तरिकाले अगाडि बढिरहेकाले शुद्धीकरण गर्नु जरुरी रहेको […]

नेपाल सांस्कृतिक संघले देशभरका कलाकारको प्रशिक्षण भेला गर्ने

काठमाडौं । नेपाल सांस्कृतिक संघले देशभरका कलाकारलाई समेटेर राष्ट्रिय प्रशिक्षण भेला गर्ने भएको छ । संघले विज्ञप्ति जारी गर्दै जेठ १० र ११ गते काठमाडौंमा बृहत भेला गर्न लागेको जनाएको छ । भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन् । सांस्कृतिक संघले भातृ तथा शुभेच्छुक संस्थालाई गहन दायित्व दिएर अगाडि बढाउँदा माउ […]

जैमिनीमा महिला संघको प्रशिक्षण, गलकोटमा-५ मा वडा भेला

भिमसेन वन, बागलुङ । अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको पर्यटकीय टापु हाँडिकोटमा प्रशिक्षणको आयोजना गरिएको हो । अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो । प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिलकुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी केसी, राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनुहुन्थ्यो । प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो । गलकोटमा-५ मा वडा भेला त्यस्तै गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो । भेला भीमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो । भेलाले भीमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि विक, भीमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, ...

विजयनगरको गुगौलीमा राजमोको प्रशिक्षण

कपिलवस्तु । जिल्लाको पश्चिम भारतसँग जोडिएको विजयनगर गाउँपालिका वडा न १ गुगौलीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो गुगौलीका अध्यक्ष प्रभु यादवको अध्यक्षतामा प्रशिक्षण भेला सम्पन्न भएको हो । कार्यक्रममा राजमो जिल्ला कोषअध्यक्ष चेतनारायण खनालले केपी ओली सरकारको असंवैधानिक कदम र राष्ट्रिय जनमोर्चाको अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार केरसिंह अदैले राष्ट्रियता, संघीयता र एमसीसीको बारेमा प्रशिक्षण दिनु भएको थियो । त्यस्तै, राजमो विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल सुनारले गाउँ पालिकामा राष्ट्रिय जनमोर्चाको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा राजमो विजयनगर वडा न ६ का अध्यक्ष पतेश्वरी यादव, वडा न ५ का वडा अध्यक्ष तथा तराई मधेश जनवादी मोर्चा विजय नगरका अध्यक्ष खदेरु पासी, राजमो विजय नगरका सचिव गोविन्द परिवारको पनि उपस्थिति रहेको थियो थियो ।

गौमुखी गाउँपालिकाको वडा-वडामा प्रशिक्षण, संघर्षसँगै संगठन विस्तार

प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानले गौमुखी गाउँपालिकाका विभिन्न वडाहरुमा प्रशिक्षण भेला सञ्चालन गरिरहेको छ । भेलाले टोल टोलमा राजमोको संगठन निर्माणका लागि विभिन्न टोलीहरु निर्माण गरेको छ भने संघर्षका कार्यक्रमसमेत अघि बढाउने निर्णय गरिएको छ । आइतबार (माघ ११ गते) गौमुखी गाउँ पालिकाको वडा नम्बर ७ नारिकोटमा राजमोले देशको तत्कालीन राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले ओली सरकारले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षको कार्यक्रम तय गर्नुका साथै वडालाइ नौ वटा टोलमा विभाजन गरि संगठनात्मक अभियान सन्चालन गर्न तीन वटा टोलि परिचालन गर्ने निणय पनि गरेको छ । चन्द्रबहादुर केएमको अध्यक्षता, हुकुम बहादुर थापाको संचालन र मधु जिसिको स्वागत भाषणबाट अगाडि बढेको उक्त भेलामा प्रमुख प्रशिक्षकको रूपमा राजमो केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले प्रशिक्षण दिनु भएको थियो । भेलामा नेकपा (मसाल) प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपाने, महिला नेतृ तारा पुरी, वडा सदस्य ज्ञानबहादुर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियोे भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चण्ढिगढका सदस्य बेगम कुँवरले गित तथा संगीत प्रस्तुत गर्नु भएको थियो । गौमुखी १, २ र ४ मा प्रशिक्षण यस्तै, यसअघि माघ ९ गते राजमोले गौमुखी गाउँपालिका वडा नं ४ पुजामा प्रशिक्षण भेला सम्पन्न गरेको छ । नेता वाशुदेव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपाने, राजमो जिल्ला सदस्य भरतबहादुर केसी, जिल्ला सल्लाहकार हरिबहादुर केसीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलाको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष शालिकराम शर्माले गर्नुभएको थियो भने सञ्चालन बाबुराम केसी र स्वागत कृष्णप्रसाद जैशीले गर्नुभएको थियो । कार्यक्रममा राजमो गौमुखी गाउँपालिकाका अध्यक्ष जनक केसी, अनेमसंघकी जिल्ला सदस्य शान्ता गिरी, जातीय समता समाजका लक्ष्मण सुनार लगायतको आतिथ्यता रहेको थियो । भेलाले वडा नं ४ मा संगठन निर्माण गर्न तीन टोलि परिचालन गर्ने र प्रतिनिधि सभा विघटनविरुद्ध माघ १५ गते मसाल जुलुश गर्ने निर्णय गरेको छ । यसैगरी माघ १० गते गौमुखी गाउँपालिका वडा नं १ र २ को संयुक्त भेला अर्घामा ...

झिम्रुक-६ मा पार्टी प्रवेश गराउँदै संगठन निर्माण सुरु, १० टोली परिचालन

प्युठान । राष्ट्रिय जनमोर्चा झिम्रुक गाउँपालिकाको –६ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । कार्यक्रममा राजमोका केन्द्रीय प्रतिनिधी वासुदेब पोख्रेलले देशको तात्कालिन राजनीतिक परिस्थितीको बारेमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै, झिम्रुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले गाउँपालिकाले गरेको विकास निमार्णका बारेमा जानकारी गराउनु भएको थियो भने अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसीले प्रशिक्षण भेलाको उद्यश्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादीका पुराना नेता शिवबहादुर केसी सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको थियो । उहाँलाई नेता पोख्रेलले अविर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो । भेलाले प्रत्येक टोल–टोलमा संगठन विस्तार गर्नको लागि १० वटा टोली बनाएको छ । त्यस्तै यही माघ २४ गते ओली सरकारले गरेको संसद विघटन असंवैधानिक र अप्रजातान्त्रिक भएको भन्दै विरोध सभा गर्ने भएको छ । भेलामा दिलीप बिकको अध्यक्षता, भरत ढकालको स्वागत तथा हेमराज भट्टराईको सञ्चालन रहेको थियो भने ६ न.वडा अध्यक्ष निमानसिंह जिसीको पनि उपस्थिती थियो । यो पनिः झिम्रुकको वडा नं ४ मा संगठन निर्माण गर्न १० टोली परिचालन प्युठान झिम्रुकमा राष्ट्रिय जनमोर्चाको भेला

झिमरूकमा राजमोको ‘संघर्ष र संगठन’ अभियान सुरु

प्युठान । राष्ट्रिय जनमोर्चा झिमरुक गाउँसमितिले ‘संगठन र संघर्ष’ अभियानको सुरुवात गरेको छ । शनिबार गाउँपालिकाको वार्ड न १ मा अगुवा कार्यकर्ता प्रशिक्षण भेला गरी कार्यक्रमको सुरुवात गरिएको हो । राजमो लुम्बिनी प्रदेश सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (मसाल) रूपन्देही प्रवक्ता नारायण जिसी, राजमो प्युठानका सदस्य तथा झिमरुक ५ न का वार्ड अध्यक्ष टीका जिसि, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसि, अखिल नेपाल शिक्षक संघ प्युठानका सचिव डम्मर जिसिले पनि प्रशिक्षण दिनु भएको थियोे । जातीय समता समाज प्युठान जिल्ला सदस्य मिनबहादुर विक, अखिल नेपाल जनजाती सम्मेलन झिमरुक गाउँ समितिका अध्यक्ष प्रतिमान पुन, अखिल नेपाल महिला संघका वार्ड सचिव रनि थापा, अखिल नेपाल युवक संघका वार्ड सदस्य सन्जय केसीलगायत नेताहरुको आतिथ्यता रहेको प्रशिक्षण भेलामा अखिल(छैठौं) का केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष चोपबहादुर विकले वार्ड स्तरको योजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता राजमो वार्ड अध्यक्ष दिपक क्षेत्री र सन्चालन सचिव विजयविक्रम जिसीले गर्नु भएको थियो । यो पनिः झिमरूकमा राजमोको प्रशिक्षण भेला, वडास्तरमा विरोध कार्यक्रम गर्ने निर्णय

झिमरूकमा राजमोको प्रशिक्षण भेला, वडास्तरमा विरोध कार्यक्रम गर्ने निर्णय

प्युठान । राष्ट्रिय जनमोर्चाको झिमरूक गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेला शुक्रबार सम्पन्न भएको छ । राजमोका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा जिसीको प्रमुख आतिथ्यतामा प्रशिक्षण भेला भएको हो । कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी, कर्मचारी संगठनका जिल्ला संयोजक यामलाल पोख्रेल, अखिल नेपाल शिक्षक संघका जिल्ला सचिव डम्बर जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, ५ नं वडा अध्यक्ष टिका जिसी, नेकपा (मसाल) रूपन्देही जिल्ला प्रवक्ता नारायण जिसीले समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । राजमो झिमरूकका अध्यक्ष सिद्दिमान जिसीको अध्यक्षता, शकुन्तला जिसीको स्वागत तथा विनोद विकको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वर्गीय नेता कृष्णप्रसाद पोख्रेल प्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो । त्यस्तै, प्रशिक्षण भेलामा अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनबहादुर केसी, जातीय समता समाजका जिल्ला सदस्य दिलीप विक, ४ नम्बर वडाका अध्यक्ष सिताराम पोख्रेल, ६ का अध्यक्ष निमानसिंह जिसी, अखिल नेपाल युवक संघ झिमरूकका अध्यक्ष भरत ढकाल, महिला नेतृ तुलसा केसी, किसान झिमरूक उपाध्यक्ष ठाकुर गिरी, शिक्षक संघका झिमरूक अध्यक्ष गोपाल गिरी, समता समाज झिमरूकका रेकम रसाइली, कर्मचारी संघ झिमरूक अध्यक्ष लिलामणी पोख्रेल, बयोवृदद्धय रेकम महतारा र ढुण्डिराज पोख्रेलको पनि आतिथ्यता रहेको थियो । सो भेलाले झिमरुकका सबै वडाहरुमा ‘प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा’लगायतका विषयमा विरोध कार्यक्रम गर्ने निर्णय समेत गरेको राजमोले जनाएको छ ।

बागलुङको धुल्लुबाँस्कोटमा युवक संघको प्रशिक्षण भेला

सञ्जाल शर्मा, बागलुङ । अखिल नेपाल युवक संघको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोटमा प्रशिक्षण तथा वडा भेला सम्पन्न भएको छ। युवक संघका गण्डकी प्रदेश सचिव तथा जिल्ला उपाध्यक्ष सञ्जाल शर्माको बिषेश उपस्थितिमा पौष २० गते सम्पन्न भएको हो । लिउँवामा सम्पन्न भेलाले पदम बहादुर रानाको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा ओमकार पौडेल , सचिव युवराज गुरुङ, सहसचिव सुमन थापा र कोषाध्यक्षमा खेम बहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा कुमार घर्ती मगर, शिव ढुंगाना, पुजन आचार्य, दयाराम आचार्य, सन्तोष पोखरेल, पुर्ण परियार, कृष्ण थापा, प्रवेश आचार्य, खेम बहादुर थापा, प्रदिप पुन, टिकाराम गलामि, बलराम थापा, राम बहादुर थापा, गोपाल थापा, निरज रुजाल, डोलबहादुर नोहार, प्रेम बहादुर गुरुङ, मदन थापा र डम्बर बहादुर राना रहनुभएको छ। युवक संघका पालिका उपाध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई युवक संघका नेता शर्माले सम्बोधन गर्दै युवाहरु सचेत र संगठित हुदै समाजमा रहेका अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारको विरुद्धमा सशक्त भण्डाफोर गर्दै समाज रुपान्तरणमा बिशेष भूमिका खेल्नको लागि युवाहरूलाई आग्रह गर्नु भयो। त्यसैगरी जिल्ला समन्वय प्रमुख तथा राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगाना र बरेङ गाउँपालिका अध्यक्ष कृष्ण शर्माले युवाको भेलालाई प्रशिक्षण मन्तव्य दिदै देशको बर्तमान अवस्थामा, युवाको अवस्था र युवा आन्दोलनको दिशा, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षत, उध्यमशिलता लगाएतका बिषयलाई समेटेर युवाहरूलाई उत्साही बनाउनु भएको थियो। भेलाले बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट वडा समिति गठन गरे लगतै साविक वडामा टोल समिति गठन गर्ने कार्ययोजना समेत बनाएको छ। जस नुसार यहि पौष २४ गते साविक वडा ६ र ७ मा, पौष २५ गते साविक वडा न. ५ र ९ मा,पौष २६ गते साविक वडा ३ र ४ मा र पौष २७ गते साविक वडा न.१,२ र ८ मा टोल समिति गठन संगै भेला प्रशिक्षण गर्ने ठेगान गरेको छ।