कपिलवस्तु । जिल्लाको पश्चिम भारतसँग जोडिएको विजयनगर गाउँपालिका वडा न १ गुगौलीमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो गुगौलीका अध्यक्ष प्रभु यादवको अध्यक्षतामा प्रशिक्षण भेला सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो जिल्ला कोषअध्यक्ष चेतनारायण खनालले केपी ओली सरकारको असंवैधानिक कदम र राष्ट्रिय जनमोर्चाको अभियानको बारेमा प्रकाश पार्नु भएको थियो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाकार केरसिंह अदैले राष्ट्रियता, संघीयता र एमसीसीको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, राजमो विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल सुनारले गाउँ पालिकामा राष्ट्रिय जनमोर्चाको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा राजमो विजयनगर वडा न ६ का अध्यक्ष पतेश्वरी यादव, वडा न ५ का वडा अध्यक्ष तथा तराई मधेश जनवादी मोर्चा विजय नगरका अध्यक्ष खदेरु पासी, राजमो विजय नगरका सचिव गोविन्द परिवारको पनि उपस्थिति रहेको थियो थियो ।