भिमसेन वन, बागलुङ ।
अखिल नेपाल महिला संघ जैमिनी नगर समिति, बागलुङको आयोजनामा एक दिवशीय प्रशिक्षण भेला सम्पन्न भएको छ । शनिबार जिल्लाको पर्यटकीय टापु हाँडिकोटमा प्रशिक्षणको आयोजना गरिएको हो ।
अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटाले व्यानर पढेर उद्घाटन गर्नु भएको प्रशिक्षण भेलाको अध्यक्षता नगर अध्यक्ष टिका थापा, सञ्चालन नगर सचिव मिना थापा र स्वागत नगर उपाध्यक्ष दिलकुमारी श्रीसले गर्नु भएको थियो ।
प्रशिक्षण भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष दिलकुमारी पुन, केन्द्रीय सदस्य रुद्रा कुमारी केसी, राष्ट्रिय जनमोर्चा जैमिनी १०, राङखानीका अध्यक्ष टिकाराम आचार्य हुनुहुन्थ्यो ।
प्रशिक्षण भेलामा जैमिनी नगरका विभिन्न वडाबाट १०० भन्दा बढी अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मी बास्कोटा र अखिल नेपाल बुद्धिजिवी संघका निर्मला सुवेदीले महिला संघको ईतिहास, महिला हिंसा र कानुनी व्यवस्था, महिलाको अवस्था र शिक्षा, समसामयिक राजनीतिक अवस्थाका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
गलकोटमा-५ मा वडा भेला
त्यस्तै गलकोट नगरपालिका वडा नं. ५ हरिचौरमा अखिल नेपाल महिला संघको वडा भेला सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल महिला संघ, बागलुङका सदस्य विस्नु बस्नेतले दिप प्रज्ज्वलन गरी गर्नु भएको थियो ।
भेला भीमा खत्रीको अध्यक्षता, सरिता थापाको सञ्चालन र सुनिता खत्रीको स्वागत भाषणबाट अगाडि बढेको थियो ।
भेला सफलताको शुभकामना दिनेहरुमा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिव भिमलाल पोखरेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टंक बहादुर केसी, जिल्ला सल्लाहकार अमरबहादुर खत्री, अखिल नेपाल महिला संघ गलकोट नगर अध्यक्ष देवी खत्री हुनु हुन्थ्यो ।
भेलाले भीमा खत्रीको अध्यक्षतामा अखिल नेपाल महिला संघ वडा समिति, गल्कोट ५, हरिचौर गठन गरेको छ । जसको उपाध्यक्ष कमला थापा, सचिव सरिता थापा, सहसचिव रुपा बस्नेत, कोषाध्यक्ष सुनिता खत्री र सदस्यहरु पवि विक, भीमकुमारी परियार, योगमाया गौतम, कोपिला कार्की, इश्वरी कार्की, गिता शाही, रेवती खत्री, ...