कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित खरीबोटका एक किशोर चार दिनदेखि सम्पर्कविहीन भएका छन् । सोही वडाको शुक्लागण्डकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र पूर्णबहादुर घर्तीमगर यही भदौ ४ गते शनिबार दिउँसोदेखि बेपत्ता भएपछि परिवार र विद्यालयका शिक्षक चिन्तामा परेका छन् ।सो दिन बिहान ११ः०० बजे परिवारका अन्य सदस्य काममा गए पनि किशोर घरमै थिए । दिउसो ३ः०० आमा मेलाबाट फर्किँदा घरमा नभएपछि त्यसपछि निरन्तर खोजतलास गर्दा पनि सोमबार रातिसम्म फेला नपर्दा चिन्तित बनाएको शुक्ला गण्डकी मा