काठमाडौँ : सांसदहरूले सुपारी आयात-निर्यातमा चलखेल गर्न खोजेको आशंका व्यक्त गरेका छन्।बुधवार बसेको प्रतिनिधिसभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्ने अधिकांश सांसदहरूले विभिन्न चलखेल गरी सुपारी आयात-निर्यातको बाधा फुकाउने काममा समितिलाई अल्मल्याउने काम भइरहेको जिकिर गरेका छन्।उनीहरूले नेपालमा उत्पादन सुपारी आयात-निर्यात खोल्ने विषय समितिमा छलफल गर्न लगाएर बाहिर अर्कै चलखेल भइरहेको हुनसक्ने दावी गरे। सांसदहरूले सरकारले सुपारी निर्यात-आयात सम्बन्धि कार्यविधि २