गत आर्थिक वर्ष १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात

मोरङ – गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात भएको बिराटनगरस्थित भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाका अनुसार गत वर्ष १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको हो। उनले ५ हजार ७ सय ४८ दशमलव २५ मेट्रिक टन सुपारी आयात […]

सम्बन्धित सामग्री

सक्कली उत्पादन वर्षौंदेखि बन्द, बजारमा नक्कलीको हालीमुहाली

वीरगञ्ज। वीरगञ्जको अरबिन्द उद्योगले आफ्नो उत्पादन बन्द गरेको ५ वर्ष भयो । तर, यो उद्योगको जस्तै उत्पादन अहिले पनि बजारमा सजिलै भेटिन्छ । ती उत्पादन अरबिन्द उद्योगका होइनन् । भारतबाट अवैध तरीकाले भित्रिएको नक्कली उत्पादनले बजार ओगटेको हो । नेपालका उद्योग बन्द भएको मौका छोपेर भारतका उद्योगले देख्दा उस्तै लाग्ने नक्कली उत्पादन पठाउने गरेका छन् ।  उद्योग विभागमा ‘टिन्कू सुपारी’ नामक सुर्तीरहित सुगन्धित सुपारी (स्वीट सुपारी) को ट्रेड मार्क अरबिन्द उद्योगको नाममा दर्ता छ । अरबिन्द उद्योगको टिन्कू सुपारीजस्तै देखिने भारतीय स्वीट सुपारी भारतको दिल्लीमा रहेको केएम मार्केटिङको नामबाट उत्पादन भएको देखिन्छ । सरकारी नीतिका कारण स्वदेशी उद्योगमा ताला लागेको छ भने भारतबाट नक्कली उत्पादन अवैध रुपमा भित्रिइरहेको छ । भारतबाट तस्करीको माध्यमबाट भित्रिने यस्ता उत्पादनले स्वदेशी बजारमा कब्जा जमाउँदा यहाँका उद्योगका उपकरणमा खिया लागेको उद्योगीको गुनासो छ ।  सरकारको राजस्व नीतिका कारण बाह्य उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि उत्पादन बन्द भएको उद्योग सञ्चालक निरञ्जन अग्रवाल बताउँछन् । पाँच वर्षअघि नै उत्पादन बन्द गरे पनि उद्योग र ट्रेडमार्क भने नवीकरण गराउन नछोडेको उनले बताए । ‘वर्षेनि ३ लाख रुपैयाँ खर्च गरेर नवीकरण गराइरहेको छु । कुनै दिन नीतिमा सुधार आउला भन्ने आशमा नवीकरण गराउन छोडेको छैन,’ सञ्चालक अग्रवालले भने ।  सरकारी नीतिका कारण स्वदेशी उद्योगमा ताला लागेको छ भने भारतबाट नक्कली उत्पादन अवैध रुपमा भित्रिइरहेको छ । भारतबाट नक्कली उत्पादन भित्रिइरहेको छ । तर, भन्सार कार्यालयहरूसँग यस्तो उत्पादन भित्रिएको तथ्यांक छैन । औपचारिक रूपमा कुनै पनि स्वीट सुपारी भित्रिएको तथ्यांक नभएको वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकाल बताउँछन् ।  भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा आठ किलोमात्र स्वीट सुपारी आयात भएको देखिन्छ । स्वदेशी बजारमा वर्षमा करीब २ हजार टन स्वीट सुपारी खपत हुने अनुमान उद्यमीको छ ।  सरकारले स्वदेशी उत्पादनमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ अन्त:शुल्क र ४० रुपैयाँ स्वास्थ्य कर लिन्छ । कच्चा पदार्थको रूपमा प्रयोग हुने सुपारीमा किलोको सय रुपैयाँ भन्सार महशुल लाग्छ ।  सरकारले आव २०६९/७० बाट प्रतिकिलो ५० रुपैयाँबाट शुरू गरेको अन्त:शुल्क त्यसयता बढाउँदै आएको हो । राजस्वकै कारण लागत बढी पर्ने र भारतबाट सस्तोमै भित्रिएपछि यताका १७ ओटा उद्योगले उत्पादन बन्द गरेका छन् । तीमध्ये आठओटाले त उद्योग दर्ता नै खारेज गराइसकेका छन् । अन्यले वर्षेनि नवीकरण गरिरहेका छन् ।  भारतमा स्वीट सुपारीमा ५ प्रतिशत जीएसटी तिरे पुग्छ । स्वदेशी स्वीट सुपारीको मूल्य खुद्रा व्यापारीकहाँ पुग्दा प्रतिप्याकेट १ सय ४५ रुपैयाँ पर्ने उद्योगीले बताए । भारतमा तयार भएको नक्कली उत्पादन ४८ रुपैयाँमा खुद्रा व्यापारीकहाँ उपलब्ध हुने भएपछि अवैध आयात भएको उनीहरूको भनाइ छ ।  भन्सारमा बुझाउनुपर्ने उच्च राजस्वका कारण यस्तो उत्पादन अवैध माध्यमबाट भित्रिएको हो । यसबाट सरकारको राजस्वसमेत गुमिरहेको छ । उच्च दरको राजस्व नीतिका कारण स्वदेशी उद्योगको लगानी र सरकारी राजस्व दुवै डुबेको उद्योगीको भनाइ छ ।

सरकारी नीतिको मारमा स्वीट सुपारी उद्योग : भन्सारबाट भित्रिँदैन, बजारमा जताततै

वीरगञ्ज । वीरगञ्जको अरबिन्द उद्योग एक दशकसम्म राम्रै चलेको थियो । २०६० सालमा खुलेको सुर्तीरहित सुगन्धित सुपारी (स्वीट सुपारी) उत्पादन गर्ने यो उद्योगको उत्पादन अहिले बन्द छ । उद्योगका उपकरणमा खिया लागेको छ । उद्योग सञ्चालक निरञ्जन अग्रवालले ती उपकरण बेच्न पनि खोजे, तर विक्री भएन ।  यस्तो समस्या भोग्ने अग्रवाल एक्ला उद्योगी होइनन्, देशका विभिन्न शहरमा खुलेका १७ ओटा स्वीट सुपारी उद्योग अहिले उत्पादन बन्द गरेर थन्किएका छन् । एक समय यस्ता उद्योगले राम्रो कमाइ गरेका थिए । सरकारले आर्थिक वर्ष २०६९/७० देखि यस्ता उद्योगसँग अन्त:शुल्क लिन थालेपछि दुर्दशा शुरू भएको अग्रवाल बताउँछन् ।  ‘प्रतिकिलो ५० रुपैयाँबाट शुरू भएको अन्त:शुल्क अहिले ३६५ रुपैयाँ पुर्‍याएको छ । त्यसमा ४० रुपैयाँ स्वास्थ्य कर पनि थपिन्छ । कच्चा पदार्थ भित्त्याउँदा भन्सारमा किलोको सय रुपैयाँ भन्सार महशुल तिर्नुपर्छ,’ उनले भने, ‘उता भारतीय उत्पादनमा ५ प्रतिशत वस्तु तथा सेवा करबाहेक केही छैन । भारतबाट सस्तो उत्पादन भित्रिएपछि यताका उद्योगमा ताला लाग्यो ।’ सरकारले स्वीट सुपारीको आयातमा पनि प्रतिकलो सय रुपैयाँ भन्सार महशुल र ३६५ रुपैयाँ अन्त:शुल्क तोकेको छ । तर, भन्सारबाट स्वीट सुपारी भित्रिएको तथ्यांक छैन । स्वदेशी बजारमा भने भारतमा बनेको स्वीट सुपारी जताततै भेटिन्छ ।  सरकारले लगाएको अत्यधिक करका कारण स्वदेशमा उत्पादित स्वीट सुपारीको लागत महँगो पर्दा भारतमा उत्पादित सस्तो वस्तु अनधिकृत रूपमा भित्रिएको उद्योगी बताउँछन् ।  वीरगञ्ज भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले भन्सारबाट स्वीट सुपारी नभित्रिएको बताए । भन्सार विभागको तथ्यांकले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ८ किलो स्वीट सुपारी आयात भएको देखाउँछ ।  स्वदेशी उत्पादकहरू वार्षिक दुई हजार टन खपत हुने दाबी गर्दछन् । भारतसँगको खुला सिमानाबाट अवैध रूपमा भित्रिने स्वीट सुपारीले स्वदेशी बजारमा कब्जा जमाएको छ । सरकारले उच्च दरमा कर लिन थालेपछि अहिले स्वदेशमा उत्पादित स्वीट सुपारी खुद्रा व्यापारीलाई प्योकटको १ सय ४५ रुपैयाँ पर्ने उत्पादक बताउँछन् । भारतबाट अवैध रूपमा भित्रिएको यस्तो उत्पादन भारतीय रुपया (भारु) ३० (४८ रुपैयाँ) मा व्यापारीकहाँ पुग्ने भएपछि स्वदेशी उत्पादन बन्द भएको हो ।  सरकारले अनधिकृत आयात नियन्त्रणका लागि सिमानामा भन्सार र सशस्त्र प्रहरी खटाएको छ । नेपाल प्रहरीले पनि यसमा निगरानी राखेको हुन्छ । सीमावर्ती जिल्लामा खटिएको प्रहरीले दिनहुँजसो तस्करीका सामान समातिएको विवरण सार्वजनिक गर्छ । तैपनि अवैध आयातकै कारण स्वदेशका डेढ दर्जन उद्योग बन्द भएको उद्योगीहरूको गुनासो छ ।  वीरगञ्ज, विराटनगर, बुटवल, नेपालगञ्ज, धनगढीलगायत स्थानमा खुलेका १७ स्वीट सुपारी उद्योगमध्ये आठओटा बन्द भइसकेका छन् । ९ ओटाले उत्पादन बन्द गरे पनि नीतिगत सुधारको आशमा उद्योग नवीकरण गराउन भने नछोडेको अग्रवालले जानकारी दिए । उद्योग बन्द भएपछि कम्तीमा १५ सय जनाको रोजगारी गुमेको अनुमान उद्यमीहरूको छ ।

एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा बढी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ। गत आर्थिक वर्षमा इन्डोनेसियाबाट नेपालमा कुल ३ अर्ब ९४ करोड ७६ लाख १६ हजार बराबरको एक करोड ८९ लाख ३४ हजार ५ सय ८० किलो सुपारी आयात […]

तथ्यांकोवाच : रू. १ अर्बको सुपारी आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा रू. १ अर्ब बराबरको सुपारी आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा यस अवधिमा सुपारी आयातको औसत वार्षिक वृद्धिदर करीब ११ प्रतिशत रहेको देखिन्छ । कृषि श्रमिकको कमी, सुपारी खेती योग्य कृषि भूमिको विनाश, बढ्दो भूमि मूल्य, ठूला कृषकलाई शोषक सामन्त भन्दै असुरक्षा उत्पन्न गर्ने राजनीतिक प्रवृत्ति, ग्रामीण क्षेत्रमा बढ्दो असुरक्षा, अराजकता एवं कृषिमा ठूलो अनुदान दिने मुलुकको सुपारी उत्पादन रणनीतिका कारण स्वदेशमा माग बमोजिम सुपारी उत्पादन हुन नसक्दा आयातमा यस प्रकारको वृद्धि देखिएको हो । उक्त परिस्थितिलाई दृष्टिगत गर्दै सुपारी उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यसमा आत्मनिर्भर बन्न सक्छ । यहाँ प्रस्तुत तथ्यांकले सुपारी खेतीमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।