डमरुसहित बाघ देखिएपछि वन कर्मचारी सक्रिय

महेन्द्रनगर : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा २ वटा डमरुसहित बाघ देखिन थालेपछि मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन्। एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयले डमरुसहित बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो।‘यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन,’ कुण्डा सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिन