कर्णाली प्रदेश सरकारले धितो राख्न नसक्ने किसानलाई लक्षित गर्दै कृषि सहकारीमार्फत सहुलियतमा ब्याज अनुदान उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि पेशा गर्न चाहने तर धितो राख्न नसक्ने किसानलाई सहकारीमार्फत न्युनतम ५० हजारदेखि ५ लाखसम्म ऋण उपलब्ध गराउने भएको हो ।