व्यावसायिक किसानलाई प्रोत्साहन गर्न बारपाक सुलिकोट गाउँपालिकाले बैंकको कृषि ऋणमा ब्याज अनुदान दिएको छ । ७६ फर्म छनोटपछि अनुदान दिन बैंकिङ प्रक्रिया सुरु भएको हो । कार्यपालिका बैठकले ब्याज अनुदान कार्यविधि गत भदौमा स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयन थालेको गाउँपालिकाका योजना अधिकृत अजय सुवेदीले बताए ।