कर्णालीमा सहकारीमार्फत पनि ब्याज अनुदान, साना किसान लाभान्वित हुने दाबी

सुर्खेत : कर्णाली प्रदेश सरकारले सहकारी संस्थामार्फत किसानले लिएको ऋणको ब्याज अनुदानस्वरूप तिरिदिने भएको छ। कृषि परियोजनाका लागि सहकारीले दिने ऋणको ब्याज प्रदेश सरकारले ब्यहोर्ने गरी सहकारी ब्याज अनुदान कार्यक्रमको घोषणा गरेको हो।साना किसानलाई लक्षित गरि सहकारीमार्फत ब्याज अनुदान कार्यक्रम ल्याइएको प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।ऋणी कृषिकले  न्यूनतम ५० हजारदेखि ५ लाखसम्मको ऋणको ब्याजमा अनुदान दिने गरी कार्यविधि बनेको मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद म