नेपाल निजामति कर्मचारी संगठन फुटेको छ । नेकपा एमाले फुटेसँगै सो पार्टी नजिक रहेको कर्मचारी संगठन पनि फुटेको हो । आइतबार एमालेबाट फुटेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट रहेको कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाउँदै नयाँ नेतृत्वको घोषणा गरेको छ ।माधव नेपाल पक्षधर कर्मचारी संगठनले अध्यक्ष देवकोटासहित वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला तथा उपाध्यक्षहरू ललिकबहादुर महर्जन, रेणुका केसी, रामचन्द्र जोशी, नौतम पोखरेल, भवानी दाहाल र सह कोषाध्यक्ष गण