सिटिजन्स बैंकको रेमिटेन्स सेवा मोबाइल बैंकिङ एपमा

सिटिजन्स बैंकले ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एप रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।अब बैंकका ग्राहकले नेपालभर आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी देशको जुनसुकै स्थानमा सुरक्षित एंव सुलभ ढंगबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ […]

सम्बन्धित सामग्री

वेबसाइटबाटै वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनलले वेवसाइटमार्पmत विभिन्न आवश्यक सेवाका लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरोसेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । वेबसाइटमार्फत ग्राहकहरुले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिष्ट्रेशन /बन्द गर्न/पासवर्ड रिसेट, मेरोसेयरको रजिष्टे«शन,नविकरण,पासवर्ड […]

सिटिजन्स बैंकको मोबाइल एपबाटै रेमिट्यान्स लिन सकिने

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ एपबाटै रेमिट्यान्स सेवा लिन सकिने व्यवस्था गरेको छ । ग्राहकको हितलाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको बैंकले बताएको छ । अब बैंकका ग्राहकले नेपालभरि आन्तरिक विप्रेषण पठाउन, प्राप्त गर्न र विदेशबाट पठाइएको पैसा सिटिजन्स मोबाइल बैंकिङ एप प्रयोग गरी लिन सक्ने जानकारी बैंकले दिएको छ । उक्त सेवाबाट ग्राहकले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ ओटा शाखामार्फत नै रकम प्राप्त गर्न सक्नेछन् । त्यस्तै बैंकका १२ हजारभन्दा बढी एजेन्ट तथा सबएजेन्टबाट  नगदै प्राप्त गर्न मिल्ने व्यवस्था गरिएको बैंकले बताएको छ ।

सिटिजन्स बैंकले मोबाइल एपमा सुरु गर्‍यो रेमिट्यान्स सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ एपबाट  रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

सिटिजन्स बैंक र बज रेस्टुरेन्टबीच सम्झौता

काठमाडौं (अस) । ग्राहकलाई छूट दिने सम्बन्धमा सिटिजन्स बैंक र बज रेस्टुरेन्टबीच सम्झौता गरिएको छ । सम्झौतासँगै सुर्खेतस्थित बज रेस्टुरेन्टका विभिन्न सेवामा बैंकका ग्राहकले १० प्रतिशतसम्म छूट पाउनेछन् । छूट सुविधा लिन ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ लगायत डिजिटल माध्यमबाट भुक्तानी गर्नुपर्नेछ । सो सम्झौताको कार्यान्वयनले बैंकका ग्राहक लाभान्वित हुने बताइएको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको बताएको छ । बैंकले हाल १७४ शाखा, १२५ एटीएम र ९३ शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंक र एस.ई.ई.डी ल्याबबीच छूट सम्बन्धी समझदारी

फागुन २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा. लि. बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३०% छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रालिको सबै सेवा सुविधामा ३०% छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । बैंकले हलसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको बताएको छ । यो सुविधा मार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बीना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंकले १७४ ओटा शाखा, १२३ ओटा ए.टि.एम. र ९२ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सिटिजन्स बैंक–हंग्री फास्ट फुड सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच बैंकका कार्डवाहकलाई १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले हंग्री फास्ट फुडका सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालै मोबाइलबट कार्डलेस वीथड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड  एटीएमबाट पैसा निकाल्न सक्छन् । बंैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने सेवा सञ्चालन गरिरहेको छ ।

सिटिजन्स बैंक र हंग्री फास्ट फूडबीच समझदारी

फागुन १, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हंग्री फास्ट फुड निजगढ बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई १५% छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बैकिङ मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुविधा बैंकले प्रदान गर्दै आएको छ ।  बैंकले हलसालै मोबाइलबट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको छ । यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरी फैलिएका १७४ ओटा शाखा, १२३  ओटा ए.टि.एम. र ९२ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरू

सिटिजन्स बैंक इन्टरनेसनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ । बैंकले बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो ।हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम […]

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवा मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहक  लक्षित बिनाचेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायत सुविधा थपेको छ । ग्राहकले मुद्दती खाता खोल्ने, रेमिट्यान्स पठाउने, खाता विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानीलगायत सेवा पाउनेछन् । अब ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसी विभिन्न बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल १८३ शाखा, १२१  एटीम र १११ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।