फागुन २, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा. लि. बुटवल बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई ३०% छूट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रालिको सबै सेवा सुविधामा ३०% छूट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
बैंकले हलसालै मोबाइलबाट कार्डलेस विथड्रल सेवाको पनि सुरुवात गरेको बताएको छ । यो सुविधा मार्पmत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरुले बीना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् । यसबाहेक बैंकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंकले १७४ ओटा शाखा, १२३ ओटा ए.टि.एम. र ९२ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।