सिटिजन्स बैंकले मोबाइल एपमा सुरु गर्‍यो रेमिट्यान्स सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ एपबाट  रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले आफ्ना बैंकिङ सेवा मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो । हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैकमा खाता भएका एवं नभएका ग्राहक  लक्षित बिनाचेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायत सुविधा थपेको छ । ग्राहकले मुद्दती खाता खोल्ने, रेमिट्यान्स पठाउने, खाता विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोडमार्फत भुक्तानीलगायत सेवा पाउनेछन् । अब ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसी विभिन्न बैंकिङ सेवा सहज रूपमा प्राप्त गर्न सक्ने छन् । बैंकले हाल १८३ शाखा, १२१  एटीम र १११ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।