काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र हंग्री फास्ट फुड निजगढबीच बैंकका कार्डवाहकलाई १५ प्रतिशत छुट दिने सम्झौता भएको छ । सम्झौतापछि बैंकका कार्डवाहकले हंग्री फास्ट फुडका सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै मोबाइलबट कार्डलेस वीथड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्छन् । बंैकले मोबाइलबाटै मुद्दती खाताको आवेदन दिन सक्ने सेवा सञ्चालन गरिरहेको छ ।