दाङ : कोरोना भाइरस संक्रमणको शंकामा दाङमा ९५ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बेलझुण्डीस्थ्ति कोरोना विशेष अस्पताल भर्ना भएका ७२ जनाको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २३ जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएका स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए। त्यसैगरी शनिवारसम्म...