स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको व्यक्तिगत काममा प्रयोग

जनकपुरधाम : प्रदेश २ का एक सांसदले स्वास्थ्य चौकीको एम्बुलेन्स विगत एक वर्षदेखि व्यक्तिगत कार्यमा प्रयोग गर्दै आएको पाइएको छ।जनता समाजवादी पार्टीकी प्रदेश सांसद डा रीना यादवले महोत्तरीको सम्सी गाउँपालिकाअन्तर्गत पोखरभिण्डा स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि व्यक्तिगत काममा प्रयोग गर्दै आएकी हुन्।भारतीय राजदूताबासबाट एक वर्षअगाडि सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरी व्यक्तिगत काममा प्रयोग गरिरहेको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत मोहिबुल अन

सम्बन्धित सामग्री

बेलायतमा एम्बुलेन्स कर्मचारीद्वारा हड्ताल, स्वास्थ्य क्षेत्र अस्तव्यस्त

बेलायतमा कार्यरत  एम्बुलेन्स कर्मचारीद्वारा बुधबार गरिएको हड्तालका कारण स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । तलब वृद्धि गर्न माग गर्दै दवाव स्वरूप उनीहरू हड्तालमा उत्रिएका हुन् ।युनाइट, जीएमबी र युनीसनका सदस्यहरु हड्तालमा उत्रिएका छन् । इंग्ल्याण्ड र वेल्सका ११ वटा एम्बुलेन्स सेवामध्ये ८ वटा सेवाका दसौँ हजार कर्मचारीले  हड्ताल गरेका छन् ।एम्बुलेन्स कर्मचारीलगायत पारामेडिक तथा आकस्मिक कल सेन्टरमा कार्यरत दसौँ हजार कर्मचारी हड्तालमा उत्रिएपछि इमर्जेन्सी सेवामा नराम्रो प्रभाव परेको छ ।

फेन्दे फाउन्डेशनद्वारा विकट खानीखोलाको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काभ्रे : जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–२ मा रहेको फलामेटार स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।सोमबार धुलिखेलमा एक कार्यक्रमकाबीच फेन्दे फाउण्डेशनद्वारा सहयोगस्वरुप स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।एम्बुलेन्स फाउण्डेशनका प्रमुख खेन्पोले स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको साँचो र ब्लु वुक खानीखोला गाउँपाकिलाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)लाई हस्तान्तरण गरेका थिए।रोटरी क्लब अफ धुलिखेलको समन्वय र बेन चिओड मेजिकल लाइट्सको सपाे

अछामको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त

काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रम मार्फत जिल्लाको तिमिल्सैन स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।

थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिए। समारोहमा नगरप्रमुख घनश्याम गिरीले कोरोना महामारीका समयमा नगरपालिकाले एम्बुलेन्स […]

स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्सको एम्बुलेन्स

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका– ५ स्थित देउरी स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स उपलब्ध गराएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगर्त एम्बुलेन्स उपलब्ध गराएको हो । स्वास्थ्य चौकीलाई सगरमाथा इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स र माछापुच्छ्रे बैंकले प्रयोगशालाका लागि आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । बिमा तथा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्य अन्तर्गत स्वास्थ्य […]

उदयपुर सिमेन्ट उद्योगले दियो स्वास्थ्य चौकीलाई एम्बुलेन्स

काठमाडौं : उदयपुर सिमेन्ट उद्योगको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण गरिएको छ। त्यस्तै उक्त स्वास्थ्यचौकीमा बाणिज्य बैंक काउण्टरको पनि स्थापना गरिएको छ। शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि शनिबारदेखि सञ्चालन हुनेगरी नगरका मेयरमार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको ह

सिन्धुपाल्चोकमा सेनाको एम्बुलेन्स स्वास्थ्य शिविर

काठमाडौँ– नेपाली सेनाले सिन्धुपाल्चोकमा एम्बुलेन्स स्वास्थ्य शिविर आयोजना गरेको छ । जुगल गाउँपालीका, वडा नं ३ स्थित तेम्बाथानमा गोरख गणको पहलतामा फिल्ड एम्बुलेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको सेनाले जनाएको छ। उक्त स्वास्थ्य शिविरमा १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । सेनाले विरामीलाई निःशुल्क औषधि वितरण पनि गरेको थियो।

शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।...

अब एम्बुलेन्स स्वास्थ्य संस्था बाहेक अरुले चलाउन नपाउने

काठमाडौं, २२ भदौ । अब स्वास्थ्य संस्थाबाहेक अन्य संस्थाहरुले एम्बुलेन्स सेवा दिन नपाउने भएका छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिम अब स्वास्थ्य संस्थाहरुले मात्रै एम्बुलेन्स सेवा दिन पाउने भएका हुन् । नयाँ निर्देशिका अनुसार एम्बुलेन्स चौबिसै घन्टा संचालन गर्नुपर्ने जुनसुकै अवस्थामा तयारी अवस्थामा राख्नुपर्नेछ । एम्बुलेन्स संचालन, खरिद, आयात वा प्राप्तिको प्रक्रिया भन्दा अघि […]

अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स चलाउन पाउने

काठमाडौँ । अब स्वास्थ्य संस्थाले मात्र एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा यस्तो व्यवस्था गरेको हो । हाल विभिन्न क्लब, टोल सुधार समिति, प्रतिष्ठान, सहकारीलगायत संघसंस्थाले एम्बुलेन्स सञ्चालन गर्दै आइरहेका छन् । त्यस्ता एम्बुलेन्समा आधारभूत प्राथमिक उपचारका लागि आवश्यक साधन, औषधि, इन्जेक्सन, स्ट्रेचर, टर्चलाइटसमेत […]