काठमाडौं : उदयपुर सिमेन्ट उद्योगको व्यवस्थापनमा देउरी स्वास्थ्य चौकी उदयपुरलाई एम्बुलेन्स तथा प्रयोगशाला हस्तान्तरण गरिएको छ। त्यस्तै उक्त स्वास्थ्यचौकीमा बाणिज्य बैंक काउण्टरको पनि स्थापना गरिएको छ। शनिबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। उद्योगमा एउटा मात्र एम्बुलेन्स भएको र त्यो पनि जीर्ण अवस्थामा रहेकोले एउटा नयाँ महेन्द्राको बलेरो एम्बुलेन्स पनि शनिबारदेखि सञ्चालन हुनेगरी नगरका मेयरमार्फत देउरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको ह