नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उद्देश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्।जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता महरले सबै कुरा एउटै हुँदा पनि कार्यक्रम मोडेलकाबारेमा केही विमति हुँदा कम्युनिष्ट आन्दोलन विभक्त भएको टिप्पणी गरे। ‘काँग्रेस पनि कल्याणकारी राज्य व्यवस्थामा विश्वास गर्छ । तर, हामीमा एउटा फरक छ । हामी वितरणको कुरा गर्दै गर्दा उत्पादनको पनि कुरा गर्छौं