काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाको फैसलाबारे प्रश्न गरिएको छ। महाभियोग सिफारिस समितिले तेस्रो दिन बयान लिने क्रममा समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जबरालाई रञ्जन कोइरालाको फैसलाबारे प्रश्न गरिएको हो।