रञ्जन कोइरालाको फैसलामा गल्ती स्वीकार्छु : जबरा

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाविरुद्धको फैसलामा आफूले गल्ती गरेको स्वीकार गरेका छन्। महाभियोग सिफारिस समितिको बयानका क्रममा उनले नाबालकहरूको पालनपोषणका लागि स्वविवेक प्रयोग गरेको बताएका हुन्। उनले भने, ‘उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ तर त्यसमा मेरो गल्ती भएको म स्वीकार गर्छु। जनतासमक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित्त भएको छ।’कोइरालाविरुछको फैसलालाई आध

सम्बन्धित सामग्री

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading

रञ्जन कोइराला प्रकरण : चोलेन्द्रले छाडे, दीपकले थुने

सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो । पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच