रञ्जन कोइरालाको फैसलामा विवेक प्रयोग गर्दा गल्ती भएको छ, माफी माग्न तयार छु : जबरा

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गर्नुभएको छ । आज आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले यस मुद्दाको फैसलामा आफूलाई गल्ती महसुस भएको र यसै कारण आफूलाई महाअभियोग लगाइएको हो भने नागरिकसँग माफी माग्न तयार रहेको बताउनुभएमो हो । ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐ...

सम्बन्धित सामग्री

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading

रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा […]