कहिलेकाहीँ सडक पेटीमा हिँडिरहेको कुकुरलाई मानिसले बित्थामा कुट्छन् । गल्ती नै नभए पनि कुकुर भाग्छ । किनकि, ऊ मान्छेको सामना गर्न सक्दैन । कुनै मान्छेले बाटोमा सुसु गर्छ, कसैले बाटोमै थुक्छन्, कोही रक्सी खाएर छाडा बोल्दे हिँडिरहेका हुन्छन् । तर, त्यस्ता मान्छेलाई कसैले कुट्न सक्दैन । मैले सुनेको छु, घरभित्रैबाट त्यस्ता मान्छेलाई गाली गरिन्छ, ‘गोरु, कुकुर !’