गाली सहन तयार छौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् । कार्य प्रारम्भ गरेको सय दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् । ‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै […]

सम्बन्धित सामग्री

जनताले चाहे बालेन शाह र म मिलेर छुट्टै पार्टी खोल्न सक्छौं : हर्क साम्पाङ राई

काठमाडौं, ३ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताले चाहे आफू पार्टी खोल्न पनि तयार रहेको बताएका छन् । ‘पार्टी खोल्ने कि नखोल्ने, त्यो कुरा पब्लिकले भन्ने हो । पब्लिकहरु बालेन शाह र म मिलेको हेर्न चाहनुहुँदो रहेछ । पब्लिक चाह्यो भने बालेन र म मिलेर पार्टी खोल्न पनि सक्छौं । तर नगरपालिका […]

अझै केही समय गाली र आलोचना सहन तयार छौँ : बालेन साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन्।कार्यकालको १०० दिन पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फतमार्फत ६ बुँदे स्पष्टीकरण प्रस्तुत गर्दै साहले आफूहरूप्रति रहेको विश्वास र समर्थनलाई निराश बन्न नदिने बताएका छन्।उने आफू १०० दिनको दौडमा नभएको भन्दै ५ वर्षका लागि योजना रहेको उल्लेख गरेका छन्। ‘हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौँ’, उनले भनेका छन्, ‘तर हतार गरेर

मेयर बालेन शाहले भेटे कुमारी आमा निहारिकालाई, फेशबुकमा यस्तो लेखे

काठमाडौं, २८ साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुमारी आमा निहारिका राजपुतलाई भेटेका छन्। मेयर शाहले आज (शनिबार) शिक्षण अस्पताल पुगेर बलात्कार पीडित निहारिकालाई भेटेका हुन्। निहारिकासँगको भेटबारे सामाजिक सञ्जाल फेशबुक पेजमा मेयर शाहले लेखेका छन्–‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति […]

गाली खान तयार छौँ, तर फोहोरका विषयमा हतारिएर निर्णय लिँदैनौँ : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूहरु तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन् । काठमाडौँको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ । पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् । उनले अन्य महानगरले काठमाडौँ महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने […]

बालेन साहले भेटे पर्यटनमन्त्री, पर्यटन क्षेत्रको पुनरुत्थानबारे छलफल

९ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विषयमा छलफल भएको छ । भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महानगरपालिकासँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । […]

सिसडोलको ‘लिचेट’ प्रशोधनमा प्रभावकारी नतिजा आयो : बालेन साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नुवाकोटको सिसडोलमा लिचेटको दीर्घकालीन समाधानका लागि उपयुक्त प्रविधिमार्फत व्यवस्थापन गर्नेगरी योजना तयार गरिरहेको बताएका छन्।नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानले सिसडोलबाट संकलित लिचेटको परीक्षणपश्चात त्यसमा घुलित पदार्थ हटाउन विभिन्न रसायन, विधि र मात्रा निर्धारण गरिरहेको उनले जानकारी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साहले लिचेटको फरक–फरक अनुपातमा विभिन्न मात्राको 'एडजरर्वेन्ट'हरूको प्रयोग गर्दा प्रभावकारी काम गर

बञ्चरेडाँडामा बालेन (फोटो फिचर)

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका वसिन्दासँग उनीहरुको समस्याको विषयमा छलफल गरेका थिए । हालै बञ्चरेडाँडामा तयार भएको ल्याण्डफिलसाइटको एउटा सेलमा ११ वैशाखदेखि फोहोर विसर्जन […]

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छु : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

बालेन शाहलाई हाम्रो पार्टीमा वेलकम गर्न चाहन्छु : मन्त्री झाँक्री (भिडिओसहित)

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् । उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् । उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँको उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी […]