विवादित फिल्म 'तिम्रो नजर'मा हस्ताक्षर नै नगरेको केकीको स्पष्टीकरण

काठमाडौंः नर्वेमा छायांकन हुने भनिएको फिल्म 'तिम्राे नजर'को भिसा आवेदनमा नक्कली कागजपत्र पेश भएको खुलेको छ। यो फिल्मसँगै नाम जोडिएकी अभिनेत्री केकी अधिकारीले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो नामको गलत प्रयोग गरिएको बताएकी छन्। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत केकीले ब्लु बर्ड एचडी नामक निर्माण कम्पनीले निर्माण गर्ने भनिएको 'तिम्राे नजर'मा आफूले हस्ताक्षर समेत नगरेको स्पष्टीकरण दिएकी छन्। उनले लेखेकी छन्- मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँ

सम्बन्धित सामग्री

कसैको उक्सावटमा जबराले हस्ताक्षर नगरेको सांसद विश्वकर्माको आशंका

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सुरुमा प्रधानन्यायाधीश जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको पेजमा हस्ताक्षर गर्ने बताएको तर हस्ताक्षर गर्न दिँदा नमानेको बताए। उनले हस्ताक्षर गर्न नमानेपछि आद्योपान्त पढेर सुनाउने काम भइरहेको पनि बताए।...

बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी

जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उनले बताए । ‘तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् नि,’ भन्ने प्रश्नमा उनले बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको र अहिलेसम्म आफूले पनि नगरेको बताए । पा

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छैन : कानूनमन्त्री कोइराला

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरेका छन् । साथै मन्त्री कोइरालाले सो सम्झौताका लागि कुनै पक्ष या सरकारले आग्रह नगरेको पनि स्पष्ट पारे। प्रतिनिधिसभाको आजको बैठकमा […]

आयोग पुगेको एमालेले किन गरेन आचारसंहिता प्रतिज्ञापत्रमा हस्ताक्षर ?

नेकपा एमाले निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी निर्वाचन आयोगबाट फर्किएको छ । मंगलबार निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुुने ७९ दललाई हामी आचार संहिता पालना गर्न प्रतिबद्ध छौँ भन्ने प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको थियो । सो कार्यक्रममा सहभागी भएका एमालेका प्रतिनिधि भने प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी फर्किएका हुन् । कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर नगरेको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले रातोपाटीलाई जानकारी दिए ।

महाभियोगमा हस्ताक्षर नगर्ने जनमोर्चाको पनि समर्थन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले पनि सो प्रस्तावमा समर्थन गर्ने भएको छ । सो पार्टीको तर्फबाट एकमात्र सांसद दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा महाभियोग प्रस्तावमा पार्टीको समर्थन रहेको स्पष्ट गरिएको छ । ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको छ । त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्

माधव नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुट्यो

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको जनाएको छ । आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएके बताइएकामा ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ । एमाल

मैले कतै हस्ताक्षर गरेको छैनः सुनसरी १ का एमाले सांसद राई

नेकपा एमालेको प्रतिनिधिसभा सदस्य जयकुमार राईले  प्रधानमन्त्री बनाउने पक्षमा कसैलाई पनि हस्ताक्षर नगरेको बताएका छन्।

शंकर पोखरेलले हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश सांसदको आपत्ति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् । प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको रातोपाटीलाई बताए । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको रातोपाटीलाई बताए ।दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीन