प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि नेकपा एमालेकै सांसदहरू झलनाथ खनाल र माधवकुमार नेपालले हस्ताक्षर नगरेको तर्क गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्ति सम्बन्धी ओली र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको दाबीमा सांसदको दोहोरो हस्ताक्षर भएकाले कसैको पनि दाबी नपुग्ने निर्णय गर्नु गलत भएको उनले बताए ।
‘एमालेका सांसद झलनाथ खनाल, माधवकुमार नेपालहरुले केपी ...