सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा रहेको विपक्षी गठबन्धनले सांसदको नागरिकता र हस्ताक्षर संकलन अन्तिम चरणमा पुगेको जनाएको छ । आजै सर्वोच्च जाने तयारीमा रहेको विपक्षी गठबन्धनको तर्फबाट एमाले नेता माधव कुमार नेपाल पक्षका २० सांसदको हस्ताक्षर जुटेको छ । यसअघि नेपाल पक्षका २६ सांसदको हस्ताक्षर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि संकलन भएके बताइएकामा ६ जनाले भने आज हस्ताक्षर नगरेको बताइएको छ । एमाल