आयोग पुगेको एमालेले किन गरेन आचारसंहिता प्रतिज्ञापत्रमा हस्ताक्षर ?

नेकपा एमाले निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी निर्वाचन आयोगबाट फर्किएको छ । मंगलबार निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुुने ७९ दललाई हामी आचार संहिता पालना गर्न प्रतिबद्ध छौँ भन्ने प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्नका लागि बोलाएको थियो । सो कार्यक्रममा सहभागी भएका एमालेका प्रतिनिधि भने प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी फर्किएका हुन् । कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर नगरेको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले रातोपाटीलाई जानकारी दिए ।