प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले पनि सो प्रस्तावमा समर्थन गर्ने भएको छ । सो पार्टीको तर्फबाट एकमात्र सांसद दुर्गा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा महाभियोग प्रस्तावमा पार्टीको समर्थन रहेको स्पष्ट गरिएको छ । ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको छ । त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्