जुम्ला – गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय नराकोट सिँजामा अधिकृत खटाएको छ । मन्त्रालयले नराकोटमा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएकाे हाे ।
मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार शाखा अधिकृत बुढाक्षेत्रीलाई तत्काल नागरिकतालगायत अत्यावश्यक सेवा प्रवाह शुरु गराउनका लागि यही कात्तिक १५ गतेदेखि नराकाेटमा खटाउने भएकाे हाे । उहाँ गृह मन्त्रालयमै कार्यरत हुनुहुन्थ्याे ।
अधिकृतस्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायब सुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण गर...